संवैधानिक निकायका पदाधिकारीलाई काम गर्न नदिन माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौं । वुधबार सपथ लिएका संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुलाई कामकाज रोक्न माग गर्दैै सर्वोच्च अदालतमा रिट दायर भएको छ । संवैधानिक निकाय ३२ जना प्रमुख तथा पदाधिकारीहरुको काम गर्न रोक लगाउन माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।
त्रिपाठीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश नै संविधानविपरित रहेको दावी गर्दै सरकारले ल्याएको अध्यादेशले संविधानको धारा २,८३, २८४ र २९२ को बर्खिलाप भएको उल्लेख छ । रिटमा परिषदका ६ मध्ये ३ जना बसेर निर्णय गर्न नमिल्ने र संसदीय सुनुवाईबिनै ती आयोगहरुमा नियुक्तिको परिकल्पना संविधान नगरेको उल्लेख छ ।
रिटमा आदेश माग गर्दै त्रिपाठीले भनेका छन्ः ‘२०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय प्रतिषेधको आदेशद्वारा कार्यान्वयन नगर्नु र सो मितिको सिफारिस एवं निर्णयको आधारमा संवैधानिक आयोगमा नियुक्त, सपथ ग्रहण तथा पदभार ग्रहण गरी कुनै कार्य नगर्नु नगराउनु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण