प्रतिगमन तीब्र वेगमा अघि बढेको छ प्रतिवाद गर्न ढिलो नगरौं: बाबुराम भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले संवैधानिक अंग र आयोगहरुको असंवैधानिक नियुक्ति ओली प्रतिगमनको अर्को किस्ता मात्रै भएको बताएका छन् । केपी ओली नेतृत्वको सरकारले बुधबार गरेको संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्ति विरोध गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् ।
बुधबार साँझ ट्वीट गर्दै भट्टराईले जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने उच्चतम अंग प्रतिनिधिसभा भंग गरेर शुरु भएको प्रतिगमन अब किस्ता किस्ता हुँदै सम्पूर्ण प्रतिक्रान्तितिर तीब्र बेगमा अघि बढेको बताएका छन् ।
उनले भनेका छन्- ‘संवैधानिक अंग र आयोगहरूको असंवैधानिक नियुक्ति ओली प्रतिगमनको अर्को किस्ता मात्रै हो। जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने उच्चतम अंग प्रतिनिसभा भंग गरेर शुरू भएको प्रतिगमन अब किस्ता किस्ता हुॅदै सम्पूर्ण प्रतिक्रान्तितिर तीब्र वेगमा अघि बढेको कटुसत्य बुझ्न र प्रतिवाद गर्न ढिलो नगरौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण