सुर्खेतमा आन्दोलनकारीको कुटपिटबाट एक घाइते
बिहीबार, २२ माघ २०७७, ११ : १९
सुर्खेतमा नेकपाको माधव–प्रचण्ड समूहले आह्वान गरेको आमहड्तालका क्रममा बन्द उलंघन गरेको भन्दै एक सर्वसाधारणमाथि कुटपिट भएको छ । आन्दोलनकारीको एक समूहले स्थानीय इगरब्रीज बोर्डिङ स्कुल नजिकै सर्वसाधारणालाइ कुटपिट गरेका हुन् ।
दैलेखको भैरवी गाउँपालिका –१, जोरासिंह विष्टलाई आन्दालनकारीहरुले कुटपिट गरि घाइते बनाएका हुन् । विष्ट मोटरसाइकलमा सवार थिए । एयरपोर्ट चोकदेखि बजारतर्फ अत्यावश्यक काममा हिँडिरहेको बेला आन्दालनकारीले मोटरसाइकल रोकेर कुटपिट गरेको विष्टले जानकारी दिए ।
उनको मुख, हात र ढाडमा चोट लागेको छ भने विष्टले लगाएको ज्याकेट समेत च्यातिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटमा संलग्न आन्दोलनकारीको खोजी भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम समयमा बढेर बन्द भयो सेयर बजार
-
सुकुम्बासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र, तस्बिरमा हेर्नुहोस्
-
प्रदेशहरूमा अहिले सत्ता समीकरण फेर्नु ठिक होइन: प्रकाश बराल
-
आमिर खानको तेस्रो विवाहलाई लिएर भारतमा विवाद: कतै पुत्ला दहन, कतै फतवा जारी
-
प्रभासको नयाँ फिल्म ‘फौजी’को प्रदर्शन मिति तय, पोस्टर सार्वजनिक
-
प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण