अर्थमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता, के–के भयो कुराकानी ?

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटघाट भएको छ । अर्थमन्त्रीको निवासमा भएको भेटवार्तामा देशको समसामयिक राजानीतिक क्रमको बारेमा कुराकानी हुनुको साथै भारतले नेपालमा सञ्चालन गर्ने विभिन्न परियोजनाका लागि छुट्याएको वजेटको बारेमा छलफल भएको बताइएको छ ।
भारतले जारी गरेको बजेटमा नेपालका लागि १५ अर्ब ८७ करोड रुपैयाँ छुट्टयाइएको छ । त्यो बजेट कसरी कुन–कुन शीर्षकमा खर्च गर्ने त्यस विषयमा दुई जनाबीचमा छलफल भएको भारतीय दूतावास स्रोतले जनाएको छ ।
साथै भारतबाट खरिद गरिने कोरोना भ्याक्सिनको बारेमा पनि छलफल भएको स्रोतले जनाएको छ । भारत सरकारले केही दिनअघि १० लाख डोज कोरोना भ्याक्सिन सहयोग गरेको थियो । थप भ्याक्सिन खरिद गर्न नेपालले तयारी थालेको छ । त्यसका विषयमा पनि छलफल भएको बताइएको छ । साथै बैशाखमा हुने चुनावको बारेमा पनि उनी उनीहरुका बीचमा कुराकानी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा
-
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली
-
कोशी प्रदेशको बेरुजु एक वर्षमै थपियो ८६ करोड ८१ लाख
-
देउवालाई बारम्बार सत्ता छोड्छु भनिरहेका ओली गठबन्धनप्रति दृढ कि अविश्वास ?
-
विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण