प्रधानमन्त्रीको प्रश्न: किन चाहियो लालकिल्ला र इण्डिया गेट ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पौष्टिकता नै नभएको चामल भारतबाट ल्याउने प्रवृत्ति रोक्नुपर्ने बताएका छन् । बिहीबार आफु निकट किसानहरुको भेलालाई सम्बोधन गर्दै ओलीले भारतबाट लालकिल्ला, इण्डियागेट लगायतका चामल शान सौकातका लागि आयात गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका हुन् । ‘हामीलाई लालकिल्ला, इण्डियागेट चामल चाहिने । जसको पौष्टिकता नै समाप्त भइसकेको हुन्छ । एक इन्च लामो सिता सक्कली हो ? बासमती चाहियो, अर्को के चाहियो ? यस्ता चामल किन आयात गर्छौ हामी ?’ ओलीले खान नपुगेर त्यस्ता चामल आयात नगरिएको पनि बताए ।
उनले नेपालमा चाहिने खाद्यान्न नेपालमै उत्पादन हुने पनि बताए । ‘यसरी आयात गर्ने प्रवृति बदल्नुपर्छ’ प्रधानमन्त्रीको भनाई छ । उनले जमिन बाँझो राख्ने प्रवृत्ति पनि रोक्नुपर्ने भन्दै कृषिका नाममा अनुदान लिएर दुरुपयोग भइरहेकाले सरकारले त्यस्तालाई कडाइ गर्ने बताए । उनले कृषि नीतिका सन्दर्भमा सरकार जानकार रहेको भन्दै उत्पादन र बजारलाई प्रभावकारी बनाउन लागि परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
-
अमेरिकी युट्युबरको महँगो उपहार मेक्सिकोका खेलाडीले किन फिर्ता गर्नुपर्यो ?
-
नाओमी ओसाकाद्वारा विश्व नम्बर एक सबालेन्का पराजित
-
विश्वकपबाट बाहिरिएसँगै कार्लोसले दिए घानाको मुख्य प्रशिक्षक पदबाट राजीनामा
-
अघिल्लो सरकारले स्थगित गरेको फुल अडिट स्वर्णिमले किन ब्युँत्याए ?
-
पोखरा–दुबई हवाई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण