बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आमहड्तालविरुद्ध सुर्खेतमा ओली समूहको विरोध र्‍याली

बिहीबार, २२ माघ २०७७, १६ : १३
बिहीबार, २२ माघ २०७७

सुर्खेत । नेकपा प्रचण्ड–नेपाल समूहको आमहड्तालको विरोध गर्दै नेकपा ओली समूहका कार्यकर्ताले मोटरसाइकल र्‍याली निकालेका छन् । 

सुर्खेतको वीरेन्द्रनगर बजारमा उनीहरूले आमहड्तालविरुद्ध विरोध र्‍याली निकालेका हुन् ।
प्रचण्ड–नेपाल पक्षले हडताल गरेर नागरिकलाई दुःख दिएकाले बन्दको विरोधमा र्‍याली निकालेर बजार परिक्रमा गरेको अध्यक्ष धुपेन्द्र शाहीले बताए । 

‘नागरिकलाई दुःख दिने किसिमले गरिएको बन्दको कुनै औचित्य छैन्’ उनले भने, ‘त्यसको विरोध गर्दै मोटरसाइकल र्‍याली निकालिएको हो ।’

ओली समूह निकट अनेरास्ववियूले ‘बन्द गर्न पाइँदैन’, ‘विद्यार्थीलाई पढ्न देऊ’, ‘व्यापारीलाई व्यापार गर्न देऊ’ लगायतका नारा लगाउँदै बजार परिक्रमा गरिएको शाहीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप