छोगडाका १० फाइदा थाहा पाउँदा चकित हुनुहुनेछ तपाईं

चिसौ मौसममा छोगडा खाँदा यसले शरीरलाई गर्मी पैदा गर्छ साथै शरीरलाई बलियो बनाउनका लागि विशेष भूमिका पनि निभाउने गर्छन् । चिसो मौसममा यो खानुका फाइदा विभिन्न लाभ छन् त्यसैले यसको उपयोगिता चिसो मौसममा थप बढ्ने गर्छ । आउनुहोस्, छोगडा खानुका अनौठा फाइदाबारे जानकारी लिऔं ।
१. मासिक धर्मः
चिसो मौसममा महिलाको मासिक धर्मसँग सम्बन्धित समस्या पनि हुन्छन्, यसका लागि छोगडा फाइदाजनक छ । छोगडा खाँदा मासिक धर्मका बेला हुने रक्तश्राव सहज हुन्छ र कम्मर दुखाईमा पनि यसले फाइदा पुर्याउँछ ।
२. बारम्बार पिसाब लाग्नुः
छोगडा खाँदा पिसाबो रोग टाढा रहन्छ । बुढेसकालमा बारम्बार पिसाब लाग्छ भने दिउँसोको समयमा छोगडा खाँदा लाभ हुन्छ । छोगडा मिसाइएको दुध पनि लाभकारी हुन्छ । यदि बच्चाले ओछ्यानमा पिसाब फेर्छन् भने सुत्नु अघि उनीहरुलाई छोगडा मिसाइएको दुध पिलाउनुहोस् । यसले शक्ति पनि प्रदान गर्छ ।
३. रक्तचापः
कम रक्तचाप भएका मानिसहरुले ३–४ वटा छोगडालाई तातो पानीमा धोएर त्यसभित्रको दाना निकाल्नुहोस् । यसलाई गाइको दुधसँगै उमाल्नुहोस् । उमालिएको दुध बिहान–बेलुका पिउनुहोस् । केही दिनमा तपाईंले कम रक्तचापबाट छुटकारा पाउनुहुन्छ ।
४. बलियो दाँतः
छोगडा खाएर तातो दुध पिउँदा क्याल्सियमको कमीबाट निम्तिने रोग जस्तै कमजोर दाँत, कमजोर हड्डी इत्यादि रोकिने गर्छ ।
५. कब्जियतः
बिहान बेलुका तीन–तीनवटा छोगडाा खाएर पछि मनतातो पानी खाँदा कब्जियत हट्छ । छोगडाको अचार खानासँग खाएको खण्डमा अपचको समस्यालाई टाढा राख्छ साथै यसले मुखको स्वाद पनि ठिक बनाउँछ ।
६. मधुमेहः
मधुमेह रोगी जसलाई मिठाई, चिनी इत्यादि खानबाट वञ्चित गरिएको छ, उनीहरुले सिमित मात्रामा छोगडाको हलुवा खान सक्छन् । छोगडामा त्यस्ता अवगुण हुँदैनन् जुन उखुबाट बन्ने चिनीमा हुन्छन् ।
७. पुराना घाउः
पुराना घाउका लागि छोगडा भित्रको दानालाई पोल्नुहोस् र यसको खरानीलाई घाउमा लगाउँदा घाउ छिट्टै निको हुन्छ ।
८. आँखाको रोगः
छोगडा भित्रको दानालाई पिसेर निकालिएको तेललाई आँखामा हाल्ने हो भने यसले आँखाको रोग पनि टाढा राख्छ ।
९. खोकीः
छोगडालाई घ्यूमा भुटेर दिनमा २–३ पटक खाँदा रुघा–खोकी र खकारको समस्याबाट छुटकारा पाइन्छ ।
१०. जुम्राः
छोगडाभित्रको दानालाई पानीमा पिसेर टाउकोमा लगाउने हो भने सबै जुम्रा मर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले पुटिनलाई भने पागल
-
मापसे चेक गर्दा स्कर्पियोमा भेटियो १५ लाखको गहना
-
माओवादीको पदाधिकारी बैठक, पार्टी एकताबारे निर्णय हुने
-
त्रिविमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक-कर्मचारी नियुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
कालीमाटीमा आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य कति छ ?
-
आज दुई संसदीय समितिको बैठक बस्दै