ग्रीन लाइफ हाइड्रोको आईपीओ बिक्री खुल्यो, कति कित्ता भर्ने ?
ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बिक्री खुला भएको छ । माघ २३ गते देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३५ लाख ९६ हजार ४ सय कित्ता आईपीओ बिक्री गर्दैछ । यसमध्ये ६९ हजार ९ सय २८ कित्ता सेयर कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ७ सय ८० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
सर्वसाधारण लगानीकर्ताले बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सेयरका लागि आवेदन दिने सक्नेछन् ।
यस आईपीओमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै आईपीओ बिक्री नभएमा फागुन ७ गतेसम्म बिक्री खुला हुनेछ । लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरमार्फत् अनलाइनबाट पनि सेयर भर्न सकिनेछ । यसको बिक्री प्रबन्धक बीओके क्यापिटल हो ।
न्यूनतम १० कित्ताका दरले बाँडफाँट हुँदा जम्मा ३ लाख २५ हजार १ सय ६५ जना लगानीकर्ताले मात्र आईपीओ हात पार्ने देखिन्छ । ग्रीनलाईफको आईपीओमा १० कित्ता आवेदन दिए पनि पुग्ने देखिन्छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयरसमेत थप गरी सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन : प्रधानमन्त्री
-
महासङ्घलाई खतिवडाको प्रश्न : पत्रकारको समस्याबारे श्रम अदालतमा मुद्दा लड्न सक्छ ?
-
नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्ः प्रधानमन्त्री
-
संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे
-
१६ महिनामा देशको प्रतिष्ठा बढाउने मानक कायम भएको छ : प्रधानमन्त्री
-
व्यावसायिक खुवा उत्पादनबाट वार्षिक १८ करोड रुपैयाँको कारोबार