बेलायत पुग्ने पर्यटक अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने
एजेन्सी । बेलायतमा पुग्ने पर्यटकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।बेलायत सरकारले यही फेब्रुअरीको १५ तारिखदेखि यस्तो नियम बनाएको हो । बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको हो । यस्तो क्वारेन्टाइन बेलायतको सरकारले आफैले तोकेको मापदण्डअनुसार हुने पनि बताइएको छ ।
बेलायत सरकारले होटल, लज तथा अन्य स्थानमा आवश्यक मापदण्डहरु पूरा गरी यस्तो क्वारेन्टाइन निर्माण गर्ने र कोरोना महामारी बढी प्रभावित रहेका विश्वका ३० देशका नागरिक बेलायत पुगेमा ती क्वारेन्टाइनहरुमा बस्नुपर्ने नियम बताइएको छ ।
बेलायतमा नयाँ प्रजातिको भाइरस भित्रिन नदिनका लागि यो नयाँ प्रतिबन्दको घोषणा गरिएको बेलायत सरकारले बिहीबार जानकारी दिएको छ । दक्षिण अमेरिका, दक्षिण अफ्रिकालगायतका देशका नागरिकलाई यो प्रतिबन्द लगाइएको छ । ती देशका नागरिक बेलायत आएपछि अनिवार्य रुपमा १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको समाचारमा जनाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण