पाकिस्तानी प्रधानमन्त्री खानले राखे भारतसँग वार्ताको प्रस्ताव
एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ताको प्रस्ताव राखेका छन् । काश्मिर एकता दिवसका अवसरमा प्रधानमन्त्री खानले भारतसँग वार्ताको प्रस्ताव राखेका हुन् । प्रधानमन्त्री खानले भारतले काश्मिरको मुद्दा सुल्झाउन इमान्दारिता देखाएमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताव अनुसार आफुहरु दुई कदम अघि बढ्न तयार रहेको बताए ।
प्रधानमन्त्री खानले सामाजिक सञ्जालमार्फत आफुहरुको स्थिरता र शान्तिको चाहानालाई कमजोरीका रुपमा नलिन समेत आग्रह गरेका छन् । खानले भनेका छन्ः ‘म यो कुरा दोहोर्याउन चाहान्छु कि काश्मिरीहरुको आत्मनिर्णयको अधिकारका लागि पाकिस्तान दृढ अडानमा छ । हामी काश्मिरमा शान्तिको बाटोमा अगाडि बढ्न र काश्मिरीहरुको चाहना पुरा गर्न तयार छौं ।’
पाकिस्तानी प्रधानमन्त्री खानले भारतसँग पहिलोपटक वार्ताको प्रस्ताव भने राखेका होइनन् । यसअघि पनि उनले वार्ताका प्रस्ताव भने राख्दै आएका छन् । पाकिस्तानले हरेक वर्ष फेब्रुअरी ५ मा काश्मिर उकता दिवस मनाउँदै आएको छ । यस दिन पाकिस्तानमा सार्वजनिक विदा समेत हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण