चीन-अमेरिकाबीच सहकार्य आवश्यक : जो बाइडेन
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्यलाई हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्वपूर्ण रहेको बताएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भई करिब एक महिना जिम्मेवारी सम्हालेका जो बाइडेनले विश्व कूटनीतिबारे गरेको पहिलो सम्बोधनमा चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार भएको सङ्केत गरेका हुन् । बाइडेनको यो भनाइले रिपब्लिकन नेता डोनाल्ड ट्रम्प सत्तामा आएपछि चर्किएको चीन–अमेरिका व्यापार विवादलाई पनि कुटनीतिक माध्यमबाट समाधान गर्ने सङ्केत राष्ट्रपति बाइडेनले गरेका हुन् ।
विगत चार वर्षमा अमेरिकी केही कूटनीतिज्ञले चीन–अमेरिकाका लागि ‘सबैभन्दा ठूलो खतरा’ भएको ठहर गर्दै अख्तियार गरेको विदेश नीतिका कारण चीन–अमेरिकाबीचको सम्बन्धमा थप तनाव देखिएको थियो । ट्रम्प प्रशासनले ल्याएको चीनविरोधी कडा धारका कारण चिनियाँ व्यवसायहरूको विकासमा समस्या आएको समय नवनिर्वाचित नेतृत्वबाट विश्वका प्रमुख अर्थतन्त्रबीचको सहकार्यलाई दिएको महत्वले विश्वको अर्थतन्त्रमा समेत सुधारको आशा पलाएको छ ।
अमेरिकीहरूले विगत चार वर्षमा चीनको केन्द्रीय हित र मुख्य चासोका मामिलामा समेत हस्तक्षेप गरेका कारण दुई देश बीचको रणनीतिक विश्वासलाई गम्भीर मोडमा पुर्याएको चीनको बुझाई रहेको छ । ट्रम्पको कार्यकालमा चीन–अमेरिका सम्बन्ध एकदम कठीन स्थितिबाट गुज्रिएको थियो ।
वास्तवमा अमेरिकासँग शान्तिपूर्ण सहअस्तित्व कायम राख्न चीन सधैं इच्छुक रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गत वर्षको नोभेम्बरमा अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि बाइडेनलाई पठाउनुभएको बधाई सन्देश पठाउँदै चीन र अमेरिका दुवै पक्षले आपसी सम्मान, सहयोग र साझा जीतको आधारमा दुई पक्षीय सम्बन्धको स्वस्थ विकासलाई अघि बढाउनसक्ने विश्वास व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण