पुछारको टोलीविरुद्ध रियलको पुनरागमन
राफायल भारानले दुई गोल गरेपछि रियल म्याड्रिडले लिगको पुछारमा रहेको टोली हुएस्कालाई एक गोलले पछि परेको स्थिति उल्टाउँदै जीत हासिल गरेको छ । शनिबार भएको खेलमा रियलले हुएस्कालाई २–१ गोलले पराजित गरेको हो ।
खेलअघि रियलका म्यानेजर जिनेदिन जिदानले आफ्नो टोली अझै पनि ला लिगाको उपाधि होडमा रहेको दाबी गरे पनि रियल दोस्रो हाफको शुरुवातमा नै जाभी गालानको गोलमा पछि परेको थियो । तर, त्यसको ६ मिनेट पछि नै भारानले गोल गर्दै रियललाई खेलमा फर्काएका थिए । फ्रान्सका डिफेन्डरले खेलको अन्त्यतिर अर्को गोल गर्दै रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए ।
जीतसँगै रियल ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । तर, शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा ७ अंकले पछि परेको छ । त्यसमाथि एथ्लेटिकोले रियलभन्दा २ खेल कम खेलेको छ ।
शनिबारको खेलअघि रियलले पछिल्ला ५ मध्ये एक खेलमा मात्र जीत हासिल गर्न सकेको थियो । जसले गर्दा मिडियामा जिदानको चर्को आलोचना भइरहेको थियो । यो जितले जिदानलाई केही राहत मिलेको छ ।
शनिबार नै भएका अन्य खेलमा सेभियाले गेटाफेलाई ३–० ले हराउँदे लिगको तेस्रो स्थानमा उक्लिएको छ । उता, इल्चे र भिल्लेरियाल तथा ग्रानाडा र लेभान्ते दुवैले २–२ को बराबरी खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण