राति सुत्नुअघि एक गिलास मनतातो दूध
एजेन्सी । बिहान होस् वा बेलुका जुनसुकै समयमा पनि दूध पिउन सकिन्छ । तर राति सुत्नुभन्दा अगाडि दूध पिउनु स्वास्थ्यको लागि रामबाण हो । रातिको सयममा दूध पिउँदा दूधमा पाइने सबै तत्वहरु शरीरले सजिल्यै ग्रहण गर्न सक्छ । डाक्टरहरु पनि राति दूध पिउनु उत्तम रहेको बताउँछन् ।
रातिमा दूध पिउँदा के के फाइदा छन् ?
मिठो निन्द्राको लागि
राति सुत्नुअघि दूध पिउँदा मिठो निन्द्रा आउँछ । जसलाई राति निन्द्रा नलाग्ने समस्या छ ति व्यक्तिहरुले राति सुत्नुअघि एक गिलास दूध पिउनुपर्छ । दूधले मानसिक तनाव कम गर्न मद्दत गर्छ । दूध पिउँदा दिमाग शान्त रहन्छ । दूधमा पाइने ट्रिप्टोफेन अमीनो एसिडले राम्रो निन्द्राको लागि मद्दत गर्छ । यसका साथै यसले दिमागलाई बलियो पनि बनाउँछ । मस्तिष्कलाई तेजिलो बनाउन राति सुत्नुअघि एक गिलास दूध पिउनुपर्छ ।
पाचन शक्ति बढाउँछ
दूधले शरीरमा पाचन प्रक्रियालाई बलियो बनाउँछ । राति खानामा जे खाए पनि सुत्नुअघि मनतातो दूध पिएर सुत्दा त्यसले खाना पचाउन मद्दत गर्छ । साथै, दूधले खानामा भएको मसलाको असर पनि कम गराउँछ । दूधले शरीरमा शक्ति दिन्छ भने प्रजनन् प्रक्रियालाई पनि वृद्धि गर्छ ।
गुडसँग दूध
दूधमा गुड मिसाएर दूध पिउँदा पेटका थुप्रै समस्याहरु समाधान हुन्छ । दूध र गुड सँगै सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि हुन्छ । यसले छालालाई पनि चम्किलो बनाउँछ । रातमा दूध पिउँदा रक्तचाप सन्तुलित राख्ने काम गर्छ । साथै, दूधमा पाइने सेसिन र व्हे प्रोटिनले मासंपेशी मजबुज बनाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण