महिलालाई परनिर्भरताबाट आत्मनिर्भरतातिर डोर्याउने कडी हो ‘मेरी उनीलाई’ योजना
नेपालमा महिला हक, अधिकार र सशक्तिकरणबारे धेरै पहिलादेखि बहस हुँदै आएको हो । विगतको तुलनामा महिलाहरुको सामाजिक, शैक्षिक, स्वास्थ्य र रोजगारका क्षेत्रमा विस्तारै पहुँच बढ्न थालेको छ, जसले आर्थिक स्रोतमा उनीहरुको स्वामित्व वृद्धि हुँदै गइरहेको पाइन्छ । तर पनि सदियौंदेखिको असमानताको खाडलले महिलाहरुलाई समान अवसर र समान पहुँचमा पुर्याउन भने सकेको छैन ।
आर्थिक रुपमा महिलाहरु अझै माथि उठ्न नसक्नुको मुख्य कारक तत्व समाजमा व्याप्त पितृसतात्मक सोच नै हो । पैतृक सम्पत्तिमा महिलाको पहुँच नहुनु र आर्थिक गतिविधिमा सक्रिय सहभागिता नहुनुले पनि महिलाहरु पछि परेको दृष्टान्त हामीमाझ छ ।
हुन त संविधानले महिला अधिकारलाई स्थापित गराइदिएको छ । सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्यलगायतमा समान अधिकारको कुरा गरिए पनि व्यवहारमा लागू हुन नसक्दा आज पनि महिलाहरुको अवस्थामा खासै सुधार हुन सकेको छैन ।
मुलुकमा हालसम्म सातवटा संविधान जारी भइसके । नेपालको अन्तरिम संविधान २००७ ले नेपाली महिलाका लागि औपचारिक समानताको संवैधानिक अधिकार स्थापित गर्यो भने २०७२ साल असोज ३ सम्म आउँदा ‘नेपालको संविधान २०७२’ ले महिलाको हकअधिकारलाई सुनिश्चित गरिदियो । संविधानले महिला अधिकारका लागि औपचारिक रुपमा समानता स्थापित गरे पनि व्यवहारिक पक्षलाई स्थापित गर्ने हाम्रो समाजको सोच भने खासै बदलिएन ।
पैतृक सम्पत्तिमा महिलाहरुको हकको कुरा संविधानले त गर्यो तर यसलाई व्यवहारमा ल्याउने कसले ? जिम्मेवार को ? अधिकार प्राप्तिका लागि कहिलेसम्म महिलाहरुले बाटो हेर्नुपर्ने त ? यस्तै–यस्तै सोचको उपज स्वरुप ग्लोबल आईएमई बैङ्कले महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले विशेष योजना अगाडि सारेको छ ।
निजी क्षेत्रबाट संचालित वाणिज्य बैङ्कमध्येको सबैभन्दा ठूलो बैङ्क ग्लोबल आईएमई बैङ्कले महिलाहरुलाई कमजोर होइन, अगाडि बढ्न प्रेरित गर्नुपर्ने आवाजसहितको ‘मेरी उनीलाई’ योजना ल्याएको छ ।

‘मेरी उनीलाई’ योजना के हो ?
बैङ्ककी बजार व्यवस्थापन तथा प्रवर्धन विभाग प्रमुख शान्ता शिवाकोटी ‘मेरी उनीलाई’ योजना महिलालाई आर्थिक रुपमा माथि उठाउने एउटा खुड्किलो भएको बताउँछिन् । उनी भन्छिन्, ‘महिलाहरुमा बचत गर्ने बानी पुरुषको तुलनामा धेरै हुन्छ । उनीहरु आफ्नोमात्र नभएर घर–परिवारप्रति पूर्ण समर्पित हुन्छन् । त्यसैले उनीहरुसँग पुँजी हुने हो भने एउटा घर त बलियो हुन्छ नै, विस्तारै त्यसले समाज र मुलुकका लागि योगदान गर्दै जानेछ । जुन हामी समृद्धिको कुरा गर्छौं, त्यसको लागि सुरुवात त हामीले आफ्नो घरबाट नै गर्नुपर्छ भनेर यो योजना ल्याएका हौं ।’
धेरै महिला अझै श्रीमान्, छोराछोरी वा कसैको भरमा परिवार सञ्चालन गर्दै आइरहेका छन् । आफूसँग आर्थिक स्रोत नहुँदा सानासाना आवश्यकताका लागि पनि अरुको भर पर्नुपर्ने बाध्यता अन्त्य गर्नु यो योजनाको पहिलो अभियान भएको शिवाकोटीले बताइन् । उनकाअनुसार जब महिलासँग अलिकति पुँजी हुन्छ तब त्यसबाट उनीहरुले लगानी बढाउँदै आर्थिक पक्षलाई फराकिलो बनाउने सोच्न सक्छन् । यसले महिलाहरुमा आत्मविश्वास त बढ्छ नै, उद्यमशीलतामा पनि उनीहरुले पाइला चाल्न सक्ने उनको भनाइ छ ।
शिवाकोटीका अनुसार यो योजना महिला सशक्तिकरणका कुरा अब भाषणमा होइन व्यवहारमा उतारौं भन्ने सन्देश दिन शुरु गरिएको हो । यो योजनाले लामो यात्रा तय गर्नेछ । सुरुमा महिलालाई आर्थिक रुपमा बलियो बनाउन प्रेरित गर्ने र विस्तारै महिलाहरुलाई उद्यमशिलतातिर अभिप्रेरित गरिने छ ।
‘यो योजनाको मुख्य उद्देश्य भनेको महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउने र उद्यमशीलतामा लाग्न प्रेरित गर्ने हो,’ शिवाकोटी भन्छिन्, ‘जब घरमा महिला उद्यमीको जन्म हुन्छ, तब घरपरिवार अनि समाज उन्नतितर्फ लम्कने हाम्रो विश्वास छ ।’
आर्थिक रुपमा विश्वले फड्को मारिसकेको अवस्थामा धेरै नेपाली महिला भने अझै पनि घरभित्र नै सीमित हुन बाध्य छन् । यही अवस्थालाई चिर्न नै उक्त योजना ल्याइएको शिवाकोटी बताउँछिन् । शिवाकोटी अगाडि थप्छिन्, ‘हामी समानताको कुरा गर्छौं, व्यवहारमा लागु गर्दैनौं अनि ३३ प्रतिशतको कुरा गर्छौं, त्यो पनि व्यवहारमा लागु गर्दैनौं । धर्तीको आधा हिस्सा महिला केवल ३३ प्रतिशतको भागिदारमात्रै हुन् त ? उनीहरुलाई अगाडि आउन कसले छेकेको छ त भन्दा आर्थिक पक्षले । हो यही अवस्थालाई बदल्न हामी चाहन्छौं ।’
परिवारलाई सबल बनाउन महिलाले बिना पुँजी जति योजदान गरे, अब त्यो योगदानका लागि उनीहरुलाई उपहारस्वरुप केही पुँजी दिइएको खण्डमा त्यस पुँजीबाट उनीहरुले आफ्नो आर्थिक सबलताको बाटो खोज्न सक्ने र घरपरिवारका लागिमात्रै होइन, राष्ट्रको लागि पनि योगदान गर्न सक्ने उनको भनाइ छ ।
‘महिला सशक्तिकरणका लागि बैङ्कले चालेको यो कदम विशेषखालको मुद्दती खाता (फिक्स्ड डिपोजिट) योजना हो,’ शिवाकोटी भन्छिन्, ‘यो लामो यात्रामा आफ्ना आमा, दिदीबहिनी, श्रीमती, छोरीका लागि मुद्दती खाता खोली आर्थिक रुपमा सबल बन्न प्रेरित गरिन्छ । यस योजनाले महिलालाई परनिर्भरताबाट आत्मनिर्भर बन्न सघाउने विश्वास हाम्रो छ ।’
यो अभियानले बचत गर्ने बानीको विकास, लगानी वृद्धि गर्दै उद्यमशिलतातिरको बाटो खुल्नेमा बैङ्क आशावादी रहेको उनले बताइन् । साथै विद्युतीय माध्यमबाट हुने खरिद विक्रीको संस्कारलाई पनि यसले टेवा पुर्याउने उनको भनाइ छ ।
के छ त योजनामा ?
ग्लोबल आईएमई बैङ्कले ल्याएको ‘मेरी उनीलाई’ योजनामा एक लाख वा सोभन्दा माथिको रकम राखेर आफ्नो मुद्दती खाता खोल्न सकिने बैङ्ककी बजार व्यवस्थापन तथा प्रवर्धन प्रमुख शिवाकोटीले बताइन् । यो मुद्दती खाता आफ्नो अनुकूलतालाई हेरेर ६ महिनादेखि ५ वर्षसम्मको अवधिको लागि खोल्न सकिने व्यवस्था बैङ्कले गरेको छ ।
मुद्दती खाता (फिक्स्ड डिपोजिट) रहे पनि बैङ्कले यो योजनामा आउने ग्राहकहरुको सुविधालाई केन्द्रित गरी आफ्नो आवश्यकताअनुसार पटक–पटक रकम थप गर्न पनि सकिने व्यवस्था गरेको छ । न्युनतम एक लाखको मौज्दातमा खोलिने यस खातामा ५० हजारभन्दा माथिको रकम पुनः थप गर्दै जान पनि सकिने छ ।
योजनामा सहभागीले थप सुविधा के–के पाउँछन् ?
यो योजनामा सहभागी हुनेले कुनै शुल्कविना डेबिट कार्ड, प्रिभिलेज कार्ड, लकर सुविधा प्राप्त गर्न सकने शिवाकोटीले जानकारी दिइन् । उनले मुद्दती बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र १० लाखभन्दा बढी रकमको मुद्दती खाता खोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड पाउने बताइन् । यसैगरी, यो योजनामा सहभागी हुने ग्राहकलाई घर कर्जा लिँदा सेवा शुल्क लाग्दैन ।
ब्याजका अतिरिक्त सहजै पुँजीको उपलब्धता
यस योजनामा सहभागी महिलाहरुलाई बैङ्कले ब्याज रकममात्रै दिँदैन, महिलाहरुलाई आफ्नो योजनाअनुसारको पुँजी जुटाउन पनि सहयोग गर्नेछ । बैङ्कले यो योजनामा सहभागी हुनेहरुलाई घर कर्जामा लाग्ने सेवा शुल्कमा शतप्रतिशत छुट दिने जनाएको छ । निश्चित रकमसहित मुद्दती खाता खोल्ने प्रतिबद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराउने पनि शिवाकोटीले जानकारी दिइन् ।
यो मुद्दती खाता खोल्दा महिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुसी ल्याउन मद्दत पुग्ने विश्वास बैङ्कको छ । त्यसैगरी महिलाहरुलाई सामाजिक, आर्थिक र मानसिक रुपमा सबल बनाउनुका साथै आत्मनिर्भरताका लागि अगाडि बढ्न प्रेरित गर्नेमा बैङ्क विश्वस्त रहेको शिवाकोटीले बताइन् ।
यो योजनाले सम्बन्धलाई मजवुद बनाउन सघाउनुका साथै बचत गर्ने बानीको पनि विकास गराउने उनको भनाइ छ । मुलुकको समृद्धिमा टेवा पुर्याउन रथको एउटा पाङ्ग्रामात्र सवल भएर हुँदैन, दुवै पाङ्ग्रा सबल हुनुपर्छ भन्ने आशयलाई अभियानमा जोडिएको छ । त्यसैले बैङ्कले यस अभियानको नारा तय गरेको छ, ‘अटुट छ यो साथ जुनी जुनीलाई समृद्धिको सौगात मेरी उनीलाई ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण