तालिमप्राप्त पत्रकार नहुँदा विकृति बढ्यो: सञ्चारमन्त्री गुरुङ (भिडियो सहित)
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताएका छन् । आइतबार काठानण्डौमा आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताएका हुन् ।
तालिमप्राप्त पत्रकार नहुँदा विकृति, विसंगति जन्मिएको भन्दै उनले पत्रकारहरुको निम्ति तालिम केन्द्रको विकास नगरी पत्रकारिता क्षेत्रको गुणस्तर नहुने बताए । आफ्नो योग्यता, क्षमता र गुणस्तर बिना बजारमा बिक्री हुन्नौँ भन्ने हेक्का पत्रकारहरुले पनि राख्नुपर्ने उनको भनाई छ । उनले विरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन नगरेसम्म पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन नसकिने पनि बताए ।
मन्त्री गुरुङले पत्रकारहरुका लागि प्रशिक्षण प्रतिष्ठान खोल्ने कुरा सरकारको नीति कार्यक्रममा ल्याउने बताए । उनले अनलाइन नविकरणका लागि जिल्ला हुलाक कार्यालबाट हुनेगरी नीतिगत निर्णय गरिएको भएपनि हुलाकका कार्मचारी दक्ष नहुँदा प्रभावकारी नभएको बताए ।
पत्रकार प्रेस पासबारे कार्यविधि बनाएर वर्षैपिच्छे नविकरण गर्ने परम्पराको अन्त्य गर्ने प्रयत्न गर्ने उनको भनाई छ । उनले पत्रकारको समस्या समाधानको निम्ति प्याकेज बनाएर अघि बढ्ने बताए । पत्रकारहरुका लागि कोभिड १९ कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण