सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

स्रोत र साधनको सदुपयोग गर्न नसक्दा विकासमा पछि परियोः वरिष्ठ उपाध्यक्ष ढकाल

आइतबार, २५ माघ २०७७, १५ : ५३
आइतबार, २५ माघ २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध स्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परेको बताए । 

शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा तथा भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र अथाह प्राकृतिक स्रोत र साधनहरु हुँदाहुँदै पनि देश विकास र सम्मृद्धिको यात्रामा पछाडि परेको बताए । 

“हामीसँग प्रसस्त मात्रामा प्राकृतिक स्रोत र साधनहरु छन् । यसलाई हामीले सही रुपमा सदुपयोग गर्न सकिरहेका छैनौं । यी उपलब्ध स्रोत तथा साधनको सहीरुपमा सदुपयोग गर्न सकियो भने हामीले चाहेको विकास र सम्मृद्धि असम्भव छैन । यसकालागि राज्य र निजी क्षेत्रबीच सहकार्य पनि जरुरी हुन्छ,” उनले भने । कार्यक्रममा ढकालले निर्वाचनका समयमा गरिएका वाचाहरु पुरा गर्न आफू तत्पर रहेको र त्यसअनुसार काम गर्ने बताए ।

“हुन त स्थानीय समस्याहरु समाधान गर्न तपाईहरु स्थानीय नेतृत्व नै पूर्ण सक्षम हुनुहुन्छ । तर हामीले निर्वाचनका समयमा गरेका वाचाहरु पुरा गनेछौं । तपाईहरुलाई भोगेका समस्याहरुको समाधानकालागि पहल गर्नेछौंँ र ती समस्या समाधान गर्नेछौंँ,” उनले भने ।

निजी क्षेत्रलाई राज्य तथा यसका निकायहरुबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै उनले निजी क्षेत्र व्यवसायिक मात्र हुन्, नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्नुपर्ने बताए । 

तर, यस नगरपालिकामा मैले त्यो नितान्त भिन्न पाएको छु । निजी क्षेत्रलाई सरकारको विकासको साझेदारको रुपमा हेर्ने उनको यस दृष्टिकोणले हामीलाई हौसला मिलेको छ । साच्चिकै उत्साहित बनाएको छ, उनले भने ।

यसरी निजी क्षेत्रलाई विकासको साझेदारको रुपमा हेर्ने हो भने हामीले धेरै भन्दा धेरै रोजगारी सृजना गर्ने, राजश्व संकलन गर्ने र पूर्वाधार विकासमा साझेदारको रुपमा काम गर्न सकिन्छ । सबै स्थानीय तह, प्रदेश तथा केन्द्रको यस प्रकारको व्यवहार हामी निजी क्षेत्रले अपेक्षा गरेका छौं । यसले मात्र हामीलाई विकास र सम्मृद्धिको बाटोमा सहकार्य गरेर अगाडि बढ्न सहयोग पुग्ने आफूले विश्वास लिएको बताउनुभयो ।

उहाँले तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा अधिवेशनसहितको साधारणसभा भएको हुनाले यस साधारणसभाले सक्षम नेतृत्व चयन गर्न सकोस् भन्ने कामना गर्नुभयो । साथै उहाँले नेपाल उद्योग वाणिज्य महासंघको भर्खरै सम्पन्न ५४औँ वार्षिक साधारणसभामा आफूलाई विजयी गराउन भूमिका खेल्नुहुने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप