उत्तराखण्ड हिमनदी विष्फोटः दश जनाभन्दा बढीको शव भेटियो (अपडेट)
एजेन्सी । आइतबार बिहान करिब साढे १० बजे उत्तराखण्डमा ठूलो दुर्घटना भयो । राज्यको चमोली जिल्लाको तपोवनमा हिमनदी फुटेर ऋषिगंगा नदीमा ठूलो बाढी आयो । सो बाढीले निर्माणधीन धौंलीगंगा हाइड्रोपावर बगाएको छ । तपोवनमा एक निजी कम्पनीमार्फत निर्माणधिन ऋषिगंगा हाइड्रोपावर र सरकारी कम्पनीमार्फत निर्माण भैरहेको अर्को एनटीपीसी हाइड्रोपावर रहेका थिए ।
बाढीले ऋषिगंगा प्रोजेक्टमा काम गरिरहेका १५ देखि २० मजदूरहरु वेपत्ता भएका छन् भने अर्को हाइड्रोपावरमा कार्यरत करिव १५० मजदूरहरु बेपत्ता भएको आशंका गरिएको छ । ऋषिगंगा प्रोजेक्टको साइटमा तीन जनाको शव भेटिएको छ भने १६ मजदूरको उद्दार गरिएको छ ।
बाढीले ऋषिगंगा हाइड्रोपावर पुरै बगाएको छ । उता, ऋषिगंगा नदी धौलीगंगामा मिसिने गर्छ । धौलीगंगामा रहेको अर्को सरकारी प्रोजेक्ट एनटीपिसीमा पनि क्षति पुगेको छ । सो प्रजेक्टमा कार्यरत १५० मजदूर बेपत्ता भएको आशंका गरिएको छ ।
भाष्कर दैनिकले श्रोतले उदृत गर्दै त्यहाँ १० वटा शव भेटिएको जनाएको छ । त्यस्तै त्यहाँबाट १७ मजदूरको उद्दार भएको र अन्य मजदूरहरुको उद्दार गर्ने काम चलिरहेको जनाइएको छ । अहिले भारतीय स्थल सेना र हवाईका जवान समेत उद्दारमा खटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण