दैलेखमा पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ
सुर्खेत । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न भनिएका फरार एक अभियुक्त लामो समय पछि पक्राउ परेका छन् । दैलेख प्रहरीले महाबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाहीलाई पक्राउ गरेको हो ।
खोजतलासका क्रममा दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पुर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् भने बाँकी सजाय दिलाउन उनलाई कारागार चलान गरिएको श्रेष्ठले बताए ।
१ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरी बन्दीप्रत्यक्षीकरण रिटमामार्फत उनी थुनाभुक्त भइ फरार थिए ।
पत्रकार थापा द्वन्द्वकालमा तत्कालीन माओवादीबाट मारिएका थिए । द्वन्द्वकालमा तत्कालीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएपछि समस्या समाधान गर्न वार्ताका लागि भन्दै बोलाइयो । उनलाई साबिकको द्वारी गाविस–१ हाल नौमुले गाउँपालिकामा २०६१ साउन २७ गते हत्या गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कांग्रेसभित्र छलफल सुरु
-
नीतिगत परिमार्जनमा सरकारले हतारो गर्दा निजी क्षेत्र साक्षी मात्रै बन्यो : अध्यक्ष श्रेष्ठ
-
धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते
-
रुपन्देहीमा माइक्रोबस दुर्घटना : सहचालकको मृत्यु, सात यात्रु घाइते
-
जापानी राजदूत माएडाले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
९८ वर्षको इतिहासमा पहिलोपटक दुई जना मिस इङ्ग्ल्यान्ड घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण