नयाँ उचाई लिँदै शेयर बजार, सोमबार ३७ अंकले बढ्यो
काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) आज पनि बढेको छ । साताको दोस्रो दिन सोमबार परिसूचक ३७.४८ अंकले बढेर २ हजार ५ सय ६१ दशमलव ४७ अंकमा पुगेको हो । आज पनि बजारमा १० अर्ब भन्दा माथिको कारोबार भएको छ ।
यो दिन बजारमा १ करोड ९३ लाख कित्ता शेयर कारोबार हुँदा कुल कारोबार रकम १० अर्ब नाघेको हो । आइतबार बजार १० अर्ब १७ करोड रुपैयाँ बरारबरको छ । आइतबार एकै दिन १ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार भने बैंकिङ र विकास बैंक परिसूचक सबैभन्दा धेरै बढेको छ । यी दुवै उपसूचकहरुमा ३ प्रतिशत भन्दा धेरैको वृद्धि देखिएको नेप्सेले जनाएको छ । व्यापारमूलक, जलविद्युत् निर्जीवन बीमा, उत्पादनमूलक र माइक्रोफाइनान्स समूह भने आज घटेको छ ।
बजारमा आज १ सय ७४ कम्पनीमध्ये ७५ कम्पनीको मूल्य बढेको छ । ९३ कम्पनीको मूल्य घटेको छ भने बाँकी ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । यो दिन प्रभु बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था गरी २ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । हिमालयन उर्जा हाइड्रोपावर र उन्नति सहकार्य लघुवित्तको कारोबार भने सबैभन्दा बढी ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण