मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भागरथीको हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग

सोमबार, २६ माघ २०७७, १८ : ११
सोमबार, २६ माघ २०७७

काठमाडौं । नेकपा मालेले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग गरेको छ । नेकपा मालेको तर्फबाट केन्द्रीय कार्यालयका सचिव महेन्द्र शाहले आज एक विज्ञप्ति जारी गर्दै भट्टको हत्यामा संलग्न दोषीलाई तत्काल पत्ता लगाई कडा कार्वाही गर्न माग गरेका हुन् । 

विज्ञप्तिमा  सोही जिल्लाकी अर्की युवती बेलमती महराको हत्यारालाई समेत पक्राउ गरी कार्वाही गर्न माग गरेको छ । बाबु धनसिंह महराले शनिबार माइत आएका बेला बेलमा गोली प्रहार गरि हत्या गरेर फरार भएका थिए । ती दुबै नृशंस घटनाप्रति नेकपा माले मर्माहत भएको जनाइएको छ ।

सो पार्टीले दुबै मृतक चेलीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दोषीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको सजाय दिनको निम्ति सरकारसमक्ष जोडदार माग गरेको छ । सो पार्टीले दुबै मृतकका परिवारमा समवेदना समेत जनाएको छ । १७ वर्षीया भागरथीको भने माघ २१ गते विद्यालयबाट फर्किदै गर्दा बाटोमा बलात्कार गरी विभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप