भागरथीको हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग
काठमाडौं । नेकपा मालेले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग गरेको छ । नेकपा मालेको तर्फबाट केन्द्रीय कार्यालयका सचिव महेन्द्र शाहले आज एक विज्ञप्ति जारी गर्दै भट्टको हत्यामा संलग्न दोषीलाई तत्काल पत्ता लगाई कडा कार्वाही गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा सोही जिल्लाकी अर्की युवती बेलमती महराको हत्यारालाई समेत पक्राउ गरी कार्वाही गर्न माग गरेको छ । बाबु धनसिंह महराले शनिबार माइत आएका बेला बेलमा गोली प्रहार गरि हत्या गरेर फरार भएका थिए । ती दुबै नृशंस घटनाप्रति नेकपा माले मर्माहत भएको जनाइएको छ ।
सो पार्टीले दुबै मृतक चेलीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दोषीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको सजाय दिनको निम्ति सरकारसमक्ष जोडदार माग गरेको छ । सो पार्टीले दुबै मृतकका परिवारमा समवेदना समेत जनाएको छ । १७ वर्षीया भागरथीको भने माघ २१ गते विद्यालयबाट फर्किदै गर्दा बाटोमा बलात्कार गरी विभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण