प्रधानमन्त्रीका वकिलसँग झोक्किए प्रधान न्यायाधीश : ‘त्यस्तो कहाँ हुन्छ ?’
काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ११ जना वकिलले बहस गरेका छन् । प्रधानन्यायाधिश नेतृत्वको संवैधानिक इजलासले समय सीमामा कडाई गरेसँगै बहस गर्ने कानुन व्यवसायीको संख्या बढेको छ । प्रधानमन्त्रीका वकिलहरुको तयारी नपुग्दा सोमबार केहीबेर प्रधानन्यायाधीश र सरोकारवाला वकिलबीच सवाल–जवाफ भएको छ ।
इजलासमा प्रधानमन्त्रीका वकिललाई १५ मिनेटको समय तोकिएको थियो । दशौं नम्बरमा अधिवक्ता भोजराज आचार्यले बहस गरेपछि लयर्स पोडियममा बहसकर्ता देखिएनन् । त्यसपछि, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोधे– ‘प्रधानमन्त्री ज्यूको तर्फबाट बहस सकिएको हो ?’
त्यतिबेला चार बज्न करिब आधा घण्टा बाँकी थियो । प्रधानमन्त्री निकट मानिने अधिवक्ता रमेश बडाल सरकार पक्षका वकिल बस्ने लहरबाट उठे । उनले भने– ‘हिजो अस्तिको समय सीमाको हिसाब गरेका थियौं, आज तयारी गरेकाहरुले सक्नुभो, हामी भोलि कन्टिन्यू गर्छौं ।’
बडालले ‘भोलि बहस गर्ने’ भनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा झोक्किए । जबराले झोक्किँदै भने–‘त्यस्तो कहाँ हुन्छ, बेन्च बसिराछ ।’ बडाल जबरालाई कन्भिन्स गर्ने कोसिस गर्दै थिए । माघ ३० सम्म प्रधानमन्त्रीका वकिलले बहस सक्नुपर्ने बेन्चबाट आग्रह भएको हुनाले सो अनुसार विषय छुट्याएर तयारी गरिरहेको बडालले बताए । तर, जबरा कन्भिन्स भएनन् ।
‘हुनुहुन्न् भने हुनुहुन्न्’ भन्दै प्रधानन्यायाधीश कड्किन थाले । त्यसपछि अधिवक्ता शान्तिदेवी खनाल इजलासमा पुगिन् । बिना तयारी लयर्स पोडियममा उभिएकी खनालले लामो पार्टी जीवनमा प्रधानमन्त्रीले अहिले सबैभन्दा ठुलो पीडा खेपेको बताइन् ।
संसारमा सबैभन्दा ठुलो न्यायालय जनताको अदालत भएको दावी गर्दै उनले भनिन्–‘राजनैतिक मुद्दामा न्याय दिने ठाउँ भनेका जनता हुन्, दुई तिहाईका लागि प्रधानमन्त्री जनतामा गएर टेष्ट हुन पाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण