विवाह पछि पनि आमा अमृतासँग बस्न चाहन्छिन् सारा अली खान, बताइन् यस्तो कारण
बलिउड नायिका सारा अली खान आमा अमृता सिंहसँग निकै नजिक छिन् । सारा धेरैजसो आमासँगको फोटो इन्स्टाग्राममा सेयर गरिरहन्छिन् । अमृता सिंहलाई कविता डेडिकेट गर्दै एकपटक सारा अली खानले लेखेकी थिइन्, ‘मेरो सहारा, मेरो प्रेरणा, जादुले भरिएकी व्यक्तिले मेरो सबै तनाव हटाउँछिन्, मेरो मूड स्विङ्ग ठिक गर्छिन्, कपाल झर्ने समस्या हटाइदिन्छिछन्, रुखो छाला र वाटर रिटेन्सनलगायत सबै समस्याबाट जोगाउँछिन् ।’
साराले थपिन्, ‘जब तपाईं सँगै हुनुहुन्छ तब सबै दुःख हट्छ, केही कुरासँग डर लाग्दैन । तपाईं सबै तरिकाले उत्कृष्ट हुनुहुन्छ मम्मी ।’
अमृता सिंहको जन्मदिनमा सारा अली खानले एक अन्तरवार्ताको क्रममा भनेकी थिइन्, ‘म विवाह पछि पनि आमासँगै बस्न चाहन्छु । म पूरा जीवन आमासँग बस्न चाहन्छु । मैले यस्तो भन्दा उहाँ दुःखी हुनुहुन्छ । किनभने उहाँले मेरो विवाहको अत्यधिक योजना बनाउनुभएको छ । तर उहाँ मसँग बस्न सक्नुहुन्छ, किन ? यसमा के समस्या छ ?’
साराका अनुसार उनलाई आमासँग घुम्न असाध्यै मनपर्छ । उनी भन्छिन्, ‘म उहाँलाई असाध्यै मीस गर्छु, उहाँ केही दिनका लागि बाहिर जाँदा पनि मलाई असाध्यै गाह्रो हुन्छ । म उहाँसँग केही पनि कुरा लुकाउँदिनँ । उहाँ एक्ली मानिस हुनुहुन्छ जोसँग मलाई डर लाग्छ ।’
सारा धेरैजसो परिवारसँग बिदा मनाउन यात्रा गरिरहेकी हुन्छिन् । यतिबेला उनी वर्कआउटको फोटो पनि सेयर गर्छिन् । हालै सारा मल्दिभ्समा आमा अमृता सिंह र भाइ इब्राहिमसँग बिदा मनाएर फिर्ता भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण