विवाहपछि काजल अग्रवालले गरिन् आफ्नो रोगबारे खुलासाः भनिन्, ‘यसमा लजाउनुपर्ने कुनै कुरा छैन’
दक्षिण भारतीय सिनेमाका साथै बलिउडमा पनि आफ्नो जादु बिछ्याउन सफल अभिनेत्री काजल अग्रवाल सोसल मिडियामा निकै सक्रिय छिन् । काजल आफ्ना प्रशंसकसँग सोसल मिडियामार्फत् जोडिने गर्छिन् । हालै काजल अग्रवालले इन्स्टाग्राममा आफ्नो नयाँ तस्बिर साझा गरेकी छिन् जसमा उनले आफ्नो रोगबारे खुलासा गरेकी छिन् ।
काजलले इन्स्टाग्राममा आफ्नो तस्बिर साझा गर्दै आफूलाई दम भएको जानकारी दिएकी छिन् साथै उनले इन्हेलरको महत्वमाथि पनि जोड दिए । काजलको पोस्ट पढेर प्रशंसक उनीसँग निकै प्रभावित भएको पनि देखिएका छन् । सिंघमकी नायिकाले पोस्टमार्फत् आफूले दमको समस्याका बेला राहतका लागि इन्हेलरको प्रयोग गर्ने र यसमा लजाउनुपर्ने कुनै कुरा नभएको बताएकी छिन् ।
काजल अग्रवालले तस्बिर साझा गर्दै लेखिन्, ‘जब मलाई पाँच वर्षको उमेरमा आफूलाई ब्रोन्कियल अस्थमाबारे थाहा भयो तब मलाई राम्रोसँग याद छ कि त्यतिबेला मलाई मनपर्ने खानबाट बन्देज लगाइएको थियो । के तपाईं सोच्न सक्नुहुन्छ कि एक बच्चाका लागि दुधबाट बनेको सामान र चकलेटबाट टाढा बस्न कति मुश्किल रह्यो होला । यो मेरा लागि निकै मुश्किल थियो र यो पनि होइन कि जब म हुर्किदैँ गएँ तब मेरा लागि सबैकुरा सहज हुनथाल्यो ।’
काजलले थपिन्, ‘यात्रा गर्दा मलाई धुँवा धुलोजस्ता चिजले अत्यधिक तनावमा पार्ने गर्दथ्यो । मेरो दमको रोग बढ्न थालेको थियो । धुँवा धुलोमो हुँदा मलाई सास फेर्न गाह्रो हुन्थ्यो । त्यसपछि मैले यो समस्याबाट निजात पाउनका लागि इनहेलर राख्न सुरु गरेँ । जतिबेला मलाई सास फेर्न समस्या हुन्छ, तब म यसको प्रयोग गर्छु ।’
इनहेलरको महत्व बुझाउँदै उनले थपिन्, ‘म आफैंले परिवर्तन भएको महसुस गरेकी छु । इन्हेलरको प्रयोगले मैले असाध्यै आराम महसुस गरेँ । तपाईंले यसको प्रयोग गर्न लजाउनु पर्दैन । जो मानिसहरु यो समस्यासँग जुधिरहेका छन्, उनीहरुलाई यसबारे जागरुक गराउनुपर्छ । म आफ्ना साथीहरु, प्रशंसक र परिवारलाई इन्हेलरबारे मानिसहरुलाई जानकारी गराउन अपिल गर्छु । प्रशंसकलाई काजलको यो पोस्ट असाध्यै मनपर्यो र यसरी खुलेर कुरा गरेकोमा प्रशंसकले उनको तारिफ पनि गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण