सुर्खेत मालपोत प्रकरण : दुईजना पुर्पक्षका लागि थुनामा, छ जना धरौटीमा रिहा
सुर्खेत । जिल्ला अदालतले जग्गा धनीलाई पत्तै नदिएर अर्काको जग्गा नामसारी गर्ने कार्यमा संलग्न दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । मालपोत कार्यालय सुर्खेतका कम्प्युटर अपरेटर सुनिल राना र जग्गा आफ्नो नाममा ल्याएका सहवीर कार्कीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
हिजो मंगलबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश विलप्रसाद सापकोटाको एकल इजलासले मालपोत कार्यालयका नायब सुब्बा विश्वरुप साउदसहित छ जनालाई धरौटीमा छोड्न आदेश दिएको बताइएको छ ।
‘मालपोत कार्यालयका सुब्बा साउद र खरिदार दीपेन्द्र श्रेष्ठलाई जनही ५/५ लाख, वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का कार्यवहाक अध्यक्ष रामकुमार दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई जनही २/२ लाख र साक्षी बसेका चाँदनी ओली र नारायण बुढाक्षेत्रीलाई २/२ लाखमा धरौटीमा छोड्न आदेश दिइएको छ,’ श्रेष्तादार यामप्रसाद बाँस्कोटाले भने ।
गएको असार ८ गते वीरेन्द्रनगर–१२ मा रहेको सौगात रावतको नामको ३१११ कित्ता नम्बरको छ कट्ठा जमिन मालपोत कार्यालय सुर्खेत र जग्गा दलालको मिलेमत्तोमा सहवीर कार्कीको नाममा पास गरिएको थियो । त्यसको भोलिपल्टै उक्त जमिन विभिन्न व्यक्तिहरुलाई विक्री गरिएको पाईएको थियो ।
१९ जना विरुद्ध मुद्दा दर्ता
जग्गा नामसारी गराउने कार्यमा संलग्न भएको आरोपमा तत्कालीन मालपोत कार्यालय प्रमुख हाल मालपोत कार्यालय कलंकीमा कार्यरत लक्ष्मी खत्री, मालपोत कार्यालय हुम्लामा कार्यरत कमला सापकोटा, चिंगाड गाउँपालिका कार्यालय सुर्खेतमा कार्यरत कृष्ण थापा, मालपोत कार्यालय सुर्खेतमा कार्यरत तिर्थबहादुर महतारा, नापी कार्यालय सुर्खेतमा कार्यरत कार्यालय प्रमुख राजेन्द्र थापा, भीमलाल आचार्य, दिपेन्द्र पुलामीविरुद्व मुद्दा दायर भएको थियो ।
यसैगरि वीरेन्द्रनगर–१३ गुप्तिपुरका ३० वर्षीय सुनिल राना, वीरेन्द्रनगर–१२ नेवारेका ३३ वर्षीय उत्तम अधिकारी, चनौटेका ५० वर्षीय रामकुमार दर्लामी, वीरेन्द्रनगर–११ धुलियाविटका ३४ वर्षीय दिपेन्द्र श्रेष्ठविरुद्व मुद्दा दायर गरिएको हो । वीरेन्द्रनगर–२ बांगेसिमलका ६८ वर्षीय सहविर कार्की, वीरेन्द्रनगर–४ का ५७ वर्षीय नारायण बहादुर बुढाक्षेत्री, चिंगाड गाउँपालिका–५ भर भई हाल वीरेन्द्रनगर–१ गैरी बस्ने २५ वर्षीय चाँदनी वली, वीरेन्द्रनगर–११ पिपिरा बस्ने ३१ वर्षीय विश्वरुप सावत, वीरेन्द्रनगर–६ गणेशचोक बस्ने अम्मर सिंह कटुवाल, वीरेन्द्रनगर–२ बस्ने गोरख बहादुर बुढा भन्ने गणेश बुढा, वीरेन्द्रनगर–५ बस्ने निर्मल पुरी, वीरेन्द्रनगर–२ बस्ने सन्तोष ठाकुरविरुद्ध मुद्दा दायर भएको जनाइएको छ ।
जिल्ला सरकारी वकील कार्यालयका अनुसार मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ अन्र्तगत लिखत सम्वन्धी कसुरको दफा २६७ को उपदफा १ विपरितको कार्य र उक्त संहिताको परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्वन्धी कसुरको दफा २४९ को उपदफा १ बमोजिमको सजाय मागदावी गरेर अदालतमा पेश गरिएको हो ।
जिल्ला अदालतका श्रेष्तादार बाँस्कोटाले प्रहरीले अदालतमा उपस्थित गराएका ८ जना मध्ये दुईलाई पुर्पक्षका लागि थुनामा पठाउने र बाँकीलाई धरौटीमा छोड्ने आदेश भएको जानकारी दिए । फरार अभियुक्तका हकमा यसअघिनै पक्राउ पूर्जी जारी भइसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र, तस्बिरमा हेर्नुहोस्
-
प्रदेशहरूमा अहिले सत्ता समीकरण फेर्नु ठिक होइन: प्रकाश बराल
-
आमिर खानको तेस्रो विवाहलाई लिएर भारतमा विवाद: कतै पुत्ला दहन, कतै फतवा जारी
-
प्रभासको नयाँ फिल्म ‘फौजी’को प्रदर्शन मिति तय, पोस्टर सार्वजनिक
-
प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुर्याउने सरकारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण