जब विवाह अघि प्रियंका चोपडाले गरिन् निकको जासुसी
नायिका प्रियंका चोपडा र निक जोनसको जोडी संसारभरी रचाइन्छ । उनीहरु एक यस्ता जोडी हुन जो सधैं आफ्नो केमेस्ट्रीमार्फत् सबैको मन जित्न सफल हुन्छन् । उनीहरुले जे गर्छन्, त्यसले सबैको ध्यान खिचिरहेको हुन्छ ।
तर जुन जोडीलाई पूरा संसारले यति यति परफेक्ट मान्छ, विवाह अघि कहानी भिन्न थियो । प्रियंका आफैंले बताइसकेकी छिन् कि उनले एकपटक निक जोनसको जासुसी गरिसकेकी छिन् ।
एक अन्तरवार्तामा प्रियंकाले यसबारे जानकारी दिँदै भनेकी छिन् । एकपटक निक उनकी आमासँग लञ्चमा गएका थिए । त्यतिबेला प्रियंका र निकको प्रेम सम्बन्ध बसेको केही महिना मात्रै बितेको थियो ।
त्यतिबेला निकले पनि प्रियंकाको परिवारलाई खासै राम्रोसँग चिन्दैनथे । यस्तोमा निक एक्लै आमासँग लञ्चमा जानु प्रियंकालाई खासै चित्त बुझिरहेको थिएन ।
Would you spy on your spouse? @priyankachopra did 🤣🤣
— The Morning Show (@morningshowca) February 9, 2021
MORE: https://t.co/pjFSZIW6aO@nickjonas pic.twitter.com/opTYYuJe6b
त्यसैकारण निकमाथि निगरानी राख्नका लागि प्रियंकाले आफ्ना सेक्युरिटी गार्ड उनको पिछा गर्न अह्राइन् र तस्बिर खिच्न पनि आदेश दिइन् । यी दुई के गर्छन् भन्ने कुरा प्रियंका थाहा पाउन चाहन्थिन् ।
प्रियंका मान्छिन् कि उनी साँच्चै नै हरेक कुरामाथि आफ्नो नियन्त्रण राख्न चाहन्छिन् । उनलाई सबैकुरा थाहा पाउन निकै हतार हुन्छ यस्तोमा कुनै प्रकारको सिक्रेट र सर्प्राइजले उनलाई सधैं अशान्त राख्ने गर्छ ।
उनको यही बानीले विवाह अघि उनलाई निकमाथि जासुसी गर्न बाध्य पार्यो । उनले अब यो कुरा निक जोनसलाई भनेकी छिन् वा छैनन्, त्यसबारे उनले कुनै खुलासा गरेकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण