झाँक्री पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ । झाँक्रीका तर्फबाट अधिवक्ता गुणराज आचार्यले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका हुन् । झाँक्रीलाई बदनियतपूर्वक पक्राउ गरिएकाले थुनामुक्त गर्न आदेश माग्दै रिट दायर गरिएको हो ।
नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेको भन्दै रिट दायर गरेकी थिइन् । आज दायर गरिएको रिटमा अदालतमा रिट दिने र अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दै राजनीतिक अभिव्यक्ति दिँदा रिसइबी साँधेर प्रधानमन्त्री ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरिएको उल्लेख छ ।
झाँक्रीले गोरखाको एउटा भाषणमा राष्ट्रपति भण्डारीको कदमको चर्को आलोचना गरेकी थिइन् । त्यसयता नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरीमा चर्को दबाब परेको समाचार बाहिरिएको थियो । आजै झाँक्रीलाई प्रहरीले राज्यविरुद्ध कसुर गरेको आरोपमा पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण