लद्दाखबाट सेना हटाउन भारत–चीन सहमत
एजेन्सी । लद्दाखबाट सेना हटाउने विषयमा भारत र चीनबीच सहमति जुुटेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले दुुई देशबीच सेना हटाउने सहमति बनेको जानकारी दिएका हुन् । यसअघि महिनौंदेखि लद्दाख क्षेत्रमा दुुई देशका सेना टकरावको अवस्थामा थिए । धेरै चरणका सैन्य र कुटनीतिक छलफलपछि सहमति जुटेको सिंहले संसद्मा जानकारी गराएका हुन् । ‘पेंगन्ग तालको उत्तर दक्षिण किनारबाट सेना हटाउने विषयमा चीनसँगको हाम्रो संवाद सहमतिमा पुुगेको छ,’ सिंहले भने ।
चीनको रक्षा मन्त्रालयले पनि दुुबै देशका फ्रन्टलाइनका सेनाहरु पछाडि हट्न थालिसकेको जनाएको छ । गत वर्ष अप्रिलमा चीनियाँ सेनाले लाईन अफ कन्ट्रोल नाघेको भन्दै भारतले आपत्ति जनाएको थियो । त्यसयता लद्दाख क्षेत्रमा टकरावको स्थिति बनेको थियो । यता, आफ्ना सैनिक सीमा क्षेत्रभित्रै बसेपनि भारतीय सीमा रक्षकले आक्रामक रवैया देखाएको चीनको आरोप थियो । सुरक्षा विद् तथा भारतीय सेनाका पूर्व अफिसर अजय शुक्लाले सेना हटाउने सहमतिको स्वागत गरेका छन् ।
गलवानको त्यो दर्दनाक भीडन्त
गत जुनमा २० जना भारतीय सैनिकहरु गलवान उपत्यकामा मारिएका थिए, यतिबेला दुुबै पक्षका सेनाहरुले फलाम, रड र ढुुंगाले एक–अर्कालाई हिर्काएका थिए । चीनतर्फ पनि केही सैनिक मारिएका थिए । यद्यपि,चीनले मारिएका सैनिकको संख्या सार्वजनिक गरेन । चीन र भारतबीच १९६२ मा सीमा समस्यालाई लिएर युद्ध नै भएको थियो । यसका बाबजुद सीमा समस्या अझै हल हुन सकेका छैन दुुई देशबीच ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमाना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण