सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टाईगर कप महिला तर्फको खेलमा विभागीय एपीएफप क्लब विजयी

बिहीबार, २९ माघ २०७७, १८ : ५३
बिहीबार, २९ माघ २०७७

पोखरा । पोखरामा जारी प्रथम टाईगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप प्रतियोगितमा महिलातर्फ विभागीय एपीएफप क्लबले जित हासिल गरेको छ । बिहिबार पोखरा रंगशालामा भएको पहिलो खेलमा विभागीय एपीएफप क्लबसँग ३–२ को सेटले त्रिभुवन आर्मी क्लब २ अंकसहित पराजित भएको हो । 

पहिलो सेटमा आर्मीले २५–१८ एपीएफमाथि सहज जित निकालेको थियो । दुवै समूहबीच प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा एपिएफ २५–२७ ले विजय हासिल गरेको थियो । तेस्रो सेट पनि एपिएफले नै सहजै २७–२५ ले जित हासिल गरेको थियो । चौथो सेटमा भने आर्मीले खेल सुधार्दै २५–२० ले विजयी भएको हो । 

तर निर्णायक सेट भने एपिएफले आर्मीमाथि दवाब राख्दै १५–७ नतिजासहित जित हात पारेको थियो । यो जितसँगै एपिएफले दुई खेलबाट २ अंक जम्मा गरेको छ । फाईनलमा पुग्नका लागि भने शुक्रबार हुने खेलमा डायमण्ड एकेडेमीलाई सोझो सेटमा हराउनुपर्छ ।

त्यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई न्यू डायमण्ड एकेडेमीले ३–१ सेटले पराजित गर्दै फाईनका लागि स्थान सुरक्षित बनायो । पहिलो सेट डायमण्डले २७–२५ ले जित निकाल्यो । दोस्रो सेट भने नेपाल पलिस क्लबले २९–३१ को नतिजासहित सेट कब्जा गर्याे । फेरि खेललाई सुधार्दै डायमण्डले लगातार तेस्रो र चौथो सेट क्रमशः २७–२५ र २५–१६ को नतिजासहित जित हाल पारेको छ । त्यस्तै आजको पुरुष खेलतर्फ एपीएफलाई ३–० को सोझो सेटले त्रिभुवन आर्मी क्लबले पराजित गरेको छ । 

एपीएफमाथि २५–२३ को नतिजासहित पहिलो सेट कब्जा ग¥र्यो । त्यस्तै दोस्रो सेट पनि आर्मीले नै २५–२१ सहित जित हाल पारेको छ । तेस्रो सटेमा समेत एपीएफलाई दवाबमा राख्दै आर्मीले २५–१८ नतिजा सहित जित हारिल गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप