टाईगर कप महिला तर्फको खेलमा विभागीय एपीएफप क्लब विजयी
पोखरा । पोखरामा जारी प्रथम टाईगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप प्रतियोगितमा महिलातर्फ विभागीय एपीएफप क्लबले जित हासिल गरेको छ । बिहिबार पोखरा रंगशालामा भएको पहिलो खेलमा विभागीय एपीएफप क्लबसँग ३–२ को सेटले त्रिभुवन आर्मी क्लब २ अंकसहित पराजित भएको हो ।
पहिलो सेटमा आर्मीले २५–१८ एपीएफमाथि सहज जित निकालेको थियो । दुवै समूहबीच प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा एपिएफ २५–२७ ले विजय हासिल गरेको थियो । तेस्रो सेट पनि एपिएफले नै सहजै २७–२५ ले जित हासिल गरेको थियो । चौथो सेटमा भने आर्मीले खेल सुधार्दै २५–२० ले विजयी भएको हो ।
तर निर्णायक सेट भने एपिएफले आर्मीमाथि दवाब राख्दै १५–७ नतिजासहित जित हात पारेको थियो । यो जितसँगै एपिएफले दुई खेलबाट २ अंक जम्मा गरेको छ । फाईनलमा पुग्नका लागि भने शुक्रबार हुने खेलमा डायमण्ड एकेडेमीलाई सोझो सेटमा हराउनुपर्छ ।
त्यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई न्यू डायमण्ड एकेडेमीले ३–१ सेटले पराजित गर्दै फाईनका लागि स्थान सुरक्षित बनायो । पहिलो सेट डायमण्डले २७–२५ ले जित निकाल्यो । दोस्रो सेट भने नेपाल पलिस क्लबले २९–३१ को नतिजासहित सेट कब्जा गर्याे । फेरि खेललाई सुधार्दै डायमण्डले लगातार तेस्रो र चौथो सेट क्रमशः २७–२५ र २५–१६ को नतिजासहित जित हाल पारेको छ । त्यस्तै आजको पुरुष खेलतर्फ एपीएफलाई ३–० को सोझो सेटले त्रिभुवन आर्मी क्लबले पराजित गरेको छ ।
एपीएफमाथि २५–२३ को नतिजासहित पहिलो सेट कब्जा ग¥र्यो । त्यस्तै दोस्रो सेट पनि आर्मीले नै २५–२१ सहित जित हाल पारेको छ । तेस्रो सटेमा समेत एपीएफलाई दवाबमा राख्दै आर्मीले २५–१८ नतिजा सहित जित हारिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण