मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सत्यमोहन जोशीको शरीर दानको घोषणा

शुक्रबार, ३० माघ २०७७, १७ : २४
शुक्रबार, ३० माघ २०७७

काठमाडौं ।  शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रमका बीच जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने जानकारी दिए ।

शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गरेका छन् । उनीहरुले आफ्नो छोरा अनुराज जोशीसमेतको सहमतीमा हस्ताक्षर गरेका हुन् । शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताए ।

घोषणा कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शताब्दी पुरुष जोशीले शरीर दान दिन गरेर माइलस्टोन कोर्नुभएको बताए । उनले आफ्नो जीवनमा अनेकौँ इतिहास रच्नुभएकोले सबैको गौरव, प्रेरणा र आदर्श रहेको बताए ।

महर्जनले ललितपुर महानगरपालिकाले राष्ट्रमा योगदान पु¥याउनुहुने राष्ट्रसेवकलाई सम्मान गर्दै आएको बताए । शताब्दी पुरुष सत्यमोहन जोशीलाई पनि महानगरपालिकाले सम्मान गरेको उनको भनाई छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप