बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘फूल भन्दा’मा विकेशसँग रोमान्टिक बनिन् प्रियंका

शुक्रबार, ३० माघ २०७७, १९ : ०४
शुक्रबार, ३० माघ २०७७

काठमाडौँ । अभिनेत्री प्रियंका कार्की लामो समयपछि म्युजिक भिडियोमा देखिएकी छन् । उनको अभिनय रहेको म्युजिक भिडियो ‘फूल भन्दा‘ शुक्रबार सार्वजनिक भएको छ । गायिका एलिना चौहान तथा गायक ओम सुनारको स्वर रहेको गीतको भिडियोमा अभिनेत्री कार्कीलाई मोडल विकेश शाहीले अभिनयमा दिएका छन् । भिडियोमा दुवैको जोडी आकर्षक देखिएको छ ।

ओम सुनारको शब्द, संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोमा सुशान्त बसेलको सम्पादन र कृष्ण पाण्डेको छायाँकन रहेको छ । कविराज गहतराजको निर्देशन रहेको यसै भिडियो मार्फत  मोडल शाहीले अभिनयमा डेब्यू गरेका हुन् । 

सानै उमेरदेखि अभिनय, नृत्य तथा मोडलिङमा रुचि राख्ने शाहीको भविष्यमा सफल मोडल तथा अभिनेता बन्ने लक्ष्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप