‘फूल भन्दा’मा विकेशसँग रोमान्टिक बनिन् प्रियंका
शुक्रबार, ३० माघ २०७७, १९ : ०४
काठमाडौँ । अभिनेत्री प्रियंका कार्की लामो समयपछि म्युजिक भिडियोमा देखिएकी छन् । उनको अभिनय रहेको म्युजिक भिडियो ‘फूल भन्दा‘ शुक्रबार सार्वजनिक भएको छ । गायिका एलिना चौहान तथा गायक ओम सुनारको स्वर रहेको गीतको भिडियोमा अभिनेत्री कार्कीलाई मोडल विकेश शाहीले अभिनयमा दिएका छन् । भिडियोमा दुवैको जोडी आकर्षक देखिएको छ ।
ओम सुनारको शब्द, संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोमा सुशान्त बसेलको सम्पादन र कृष्ण पाण्डेको छायाँकन रहेको छ । कविराज गहतराजको निर्देशन रहेको यसै भिडियो मार्फत मोडल शाहीले अभिनयमा डेब्यू गरेका हुन् ।
सानै उमेरदेखि अभिनय, नृत्य तथा मोडलिङमा रुचि राख्ने शाहीको भविष्यमा सफल मोडल तथा अभिनेता बन्ने लक्ष्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण