पहिलो चरणको दोस्रो प्राथमिकताको खोप अभियान सुरु
आइतबार, ०२ फागुन २०७७, १२ : ३३

काठमाडौं । पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । आइतबारदेखि खोप अभियान सुरु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुको लागि खोप अभियान फागुन ८ गतेसम्म चल्ने छ ।
खोप अभियानमा सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, राजधानीभन्दा बाहिरका पत्रकार लगायतले यो अभियान अन्तर्गत खोप लगाउन पाउने छन् । त्यस्तै पहिलो प्राथमिकतामा खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेविकाहरू, एम्बुलेन्स चालक, सहचालक र शव वाहन चालकहरूलाई पनि यो अभियानमा खोप दिइने जनाइएको छ ।
खोप अभियानका लागि स्वास्थ्य कार्यालय काठमाडौंले १२ स्थानमा खोप केन्द्र तोकेको छ ।
यी हुन् काठमाडौंका १२ खोप केन्द्र
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल