पहिलो चरणको दोस्रो प्राथमिकताको खोप अभियान सुरु
आइतबार, ०२ फागुन २०७७, १२ : ३३
काठमाडौं । पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । आइतबारदेखि खोप अभियान सुरु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुको लागि खोप अभियान फागुन ८ गतेसम्म चल्ने छ ।
खोप अभियानमा सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, राजधानीभन्दा बाहिरका पत्रकार लगायतले यो अभियान अन्तर्गत खोप लगाउन पाउने छन् । त्यस्तै पहिलो प्राथमिकतामा खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेविकाहरू, एम्बुलेन्स चालक, सहचालक र शव वाहन चालकहरूलाई पनि यो अभियानमा खोप दिइने जनाइएको छ ।
खोप अभियानका लागि स्वास्थ्य कार्यालय काठमाडौंले १२ स्थानमा खोप केन्द्र तोकेको छ ।
यी हुन् काठमाडौंका १२ खोप केन्द्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण