निर्वाचन आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्नः विवाद समाधान नगरी कसरी निर्वाचन सम्पन्न हुन्छ ?
काठमाडौ । नेकपा प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगलाई दलको विवादबारे टुंगो नलगाई कसरी निर्वाचन हुन्छ भनेर प्रश्न गरेको छ । आइतबार निर्वाचन आचार संहिताबारे निर्वाचन आयोगको छलफलमा सो पार्टीका नेता लिलामणि पोखरेलले यस्तो धारणा राखेको सञ्चारकर्मीलाई जानकारी दिए ।
उनले भने, ‘६४ प्रतिशत मत भएको राजनीतिक दलको विवादसम्बन्धी प्रश्नहरु हल नगरी कसरी निर्वाचन सम्पन्न हुन्छ ? नेकपासँग ६४ प्रतिशत मत छ । त्यसको विवाद हल नगरी निर्वाचन अघि बढ्न सक्दैन’, छलफलमा आफुले राखेको धारणाबारे पोखरेलले जानकारी दिए ।
पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयपछि नेकपा दुई धु्रवमा विभाजित छ । केपी शर्मा ओली पक्ष र प्रचण्ड–माधव पक्षगरी विभाजित नेकपाको आधिकारिकताबारे निर्वाचन आयोगले कुनै निर्णय गरेको छैन । ‘माघ १२ गते निर्वाचन आयोगले हामीलाई जुन पत्र दिएको थियो ।
त्यो भन्दा अगाडि हाम्रो केन्द्रीय समिति बैठक बसेर केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाइसकेपछि अभिलेखीकरण गर्न आयोगमा हामीले पठायौं । तर आयोगले माघ १८ मा पार्टी एकता गर्दाको ४४१ को संख्यालाई मान्यता दिन्छौ र त्यो भन्दा पछाडिका निर्णयलाई मान्यता दिन सकिदैन भन्यो’ पोखरेलले भने, ‘आयोगको यो कुरालाई आधारित बनाएर हामीले २० गते दावी विरोध गर्यौ । त्यसपछि बल्ल आधिकारिकता विवाद आयोगमा प्रवेश भयो ।’
तर यसमा आयोगले कुनै निर्णय गरेको छैन । आइतबारको छलफमा पनि प्रचण्ड माधव पक्षले आयोग सरकारको लाचार छायाँ बन्न लागेको भन्दै त्यसो नगर्न सुझाव दिएको छ । सरोकारवालाहरुका अनुसार निर्वाचन आयोग मुख्यगरी दुई वटा काम गर्नुपर्ने हुन्छ । त्यो भनेको निर्वाचन प्रयोजनका निम्ती दलहरुको दर्ता र आयोगमा दलहरुको बारेमा विवाद आयो भने त्यसको निरुपण गर्ने हो ।
त्यसैगरी निर्वाचन सम्पन्न गरेर निर्वाचित जनप्रतिनिधिहरुलाई शासनसत्ता सञ्चालन गर्ने प्रमाणसहित आधिकारिकता दिने हो । ‘यस्तो अवस्थामा आयोगले दलसम्बन्धी विवादबारे परेको विषयमा मैले निरुपण गर्न सकिनँ, मैले गरिन भन्न मिल्दैन’नेता पोखरेलको भनाई छ । प्रचण्ड माधव पक्षले उठाएको यो विषयमा आयोग र त्यसका पदाधिकारी मौन छन् । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली आयोग पुगेर निर्वाचन प्रक्रिया अघि बढाउन दवाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण