सलमान खानले गरे बिग बस १५ को घोषणा, शो पुनः उद्घोषण गर्न मागे यति मोटो रकम
कलर्स टिभीको रियालिटी शो बिग बस १४ को ग्रान्ड फिनाले अघि नै कार्यक्रमका उद्घोषक सलमान खानले शनिबार भएको विकेन्ड वारमा बिग बस १५ को घोषणा गरिदिए । यद्यपि, यो शोलाई होस्ट गर्नका लागि उनको तर्फबाट एउटा शर्त पनि राखियो । सलमान खान टिभीमा सर्वाधिक कमाई गर्ने बलिउड स्टार हुन् । रिपोर्टका अनुसार बिग बसको पछिद्यदो सिजनमा अर्थात् बिग बस १३ मा उनले प्रतिदिन १३ करोड भारुको हिसाबले पारिश्रमिक दिइन्थ्यो र कोरोना महामारीका कारण सलमान खानको पारिश्रमिकमा कुनै कमी पनि आएन ।
खबरलाई विश्वास गर्ने हो भने बिग बस १४ का लागि सलमानले प्रति दिन २० करोड भारुको हिसाबले पारिश्रमिक लिएका छन् । यति मात्रै होइन कार्यक्रम बढ्दा सलमान खानको पारिश्रमिकमा पनि वृद्धि भयो । हाल उनलाई प्रति एपिसोडको २४ करोड भारु दिइन्छ । यद्यपि, बिग बसको पत्रकार सम्मेलनमा उनले यसपटक आफ्नो पारिश्रमिक कम भएपनि फरक नपर्ने तर अरुले पूरा पैसा पाउनुपर्ने शर्त राखेको जानकारी दिइएको छ ।
बिग बस १५ का लागि सलमानले मागे यति रकमः
सलमानको पारिश्रमिकबारे च्यानलले वा अभिनेताको तर्फबाट कहिले पनि आधिकारिक घोषणा भएको छैन । यसपटक सलमानले ८ महिनापछि बिग बसको नयाँ सिजन लिएर दर्शकसामू हाजिर हुने बताएका छन् । सलमानका अनुसार अब बिग बसको सुटिङ समाप्त भएपछि आफू शाहरुख खान स्टारर फिल्म पठान र आफ्नो टाइगर थ्रीको सुटिङ पूरा गर्नेछन् ।
त्यसपछि उनले भने, ‘बिग बस आयो भने तपाईं पनि आउनुहुनेछ र म त जसरी पनि आउँछु । तर मेरो १५ प्रतिशत वृद्धि भएमात्रै ।’
अर्थात् बिग बस १४ को फिनालेको अघिल्लो दिन नै उनले निर्माण पक्षसँग यस्तो माग राखेका छन् । पछिल्लो १२ वर्षदेखि सलमान जसरी बिग बसको अनुहार बनेका छन्, त्यसले यो निश्चित हुन्छ कि अर्को सिजन पनि उनैले होस्ट गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण