कोरोनाविरुद्ध जापानले ल्यायो नयाँ खोप
एजेन्सी । जापानले आइतबार आफ्नो पहिलो कोरोना खोपलाई स्वीकृति दिएको छ । अबको केही दिनमै देशमा खोप अभियान चलाइने पनि जापानले जनाएको छ । जापानको स्वास्थ विभागले यसअघि नै फाइजर खोपलाई प्रयोगका लागि अनुमति दिइसकेको छ । शुुक्रबार एक सरकारी संयन्त्रले स्वदेशी खोप प्रयोगमा ल्याइएको घोषणा गरेको हो । परीक्षणको अन्तिम नतिजाले यो खोप प्रभावकारी रहेको देखाएको बताइएको छ ।
अमेरिकामा नयाँ स्वरुपको आतंक
अमेरिकाका ४४ राज्यमा अहिलेसम्म नयाँ स्वरुपको कोरोना भाइरसका १ हजारभन्दा धेरै संक्रमणका घटना देखिएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार यसमध्ये ९ सय ८१ जना बेलायतबाट फैलिएको कोरोनाको नयाँ स्वरुपबाट ग्रस्त छन् । त्यस्तै, १३ जनामा दक्षिण अफ्रिका र ३ जनामा ब्राजिलबाट फैलिएको नयाँ स्वरुपको कोरोना देखिएको छ ।
विश्वमा १० करोड ९० लाख संक्रमित
विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० करोड ९० लाख पुुगेको छ । जसमध्ये, ८ करोड ११ लाख मानिस निको भइसकेका छन् । अहिलेसम्म यस महामारीले २४ लाख ५ हजार मानिसको ज्यान लिइसकेको छ । कोरोनाबाट सर्वाधिक प्रभावित देशको सूचीमा पहिलो नम्बरमा रहेको अमेरिकामा शनिबार एकैदिन ८६ हजार २ सय ७५ जना संक्रमण पुष्टि भयो । त्यस्तै, २ हजार २ सय ७२ जनाको ज्यान गयो । यहाँ कुल संक्रमितको संख्या २ करोड ८१ लाख पुुगिसकेको छ । जसमध्ये १ करोड ८१ लाख निको भइसकेका छन् । ४ लाख ९६ हजारको मृत्युु भइसकेको छ ।
फ्रान्समा २८ लाखभन्दा धेरैले लगाए खोप
यता फ्रान्समा शनिबार २१ हजार २ सय ३१ जनामा संक्रमण देखिएको छ र १ सय ९९ जनाको मृत्युु भएको छ । यहाँ अहिलेसम्म ८१ हजार ६ सय ४७ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छ । बेलायत र इटलीपछि युरोपमा सर्वाधिक प्रभावित मुलुकको सूचीमा फ्रान्स छ । यद्यपि यहाँ खोप लगाउने काम पनि तिव्र गतिमा भइरहेको छ । फ्रान्सको स्वास्थ मन्त्रालयका अनुसार अहिलेसम्म २८ लाख ८८ हजार ४ सय ३० जनाले कोरोनाको खोप लगाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण