मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री कप भलिबल प्रतियोगिताः गण्डकी प्रदेशका १० टिम सहभागी हुने

आइतबार, ०२ फागुन २०७७, १९ : १७
आइतबार, ०२ फागुन २०७७

पोखरा । गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता फागुन ४ गतेदेखि पोखरामा हुने भएको छ । पोखरा रंगशालामा फागुन ४ गतेदेखि ८ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने आयोजक  कास्की जिल्ला भलिबल संघले जानकारी दिएको छ ।

भलिबल खेलको माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकूदको हब’का रुपमा विकास गर्ने लक्ष्यसहित शुरु हुने प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाले सहभागिता जनाउने संघका अध्यक्ष भीम पराजुलीले बताए ।  प्रतियोगितामा गण्डकी प्रदेशका मनाङबाहेक कास्की, स्याङ्जा, पर्वत, बागलुङ लगतयका १० जिल्लाको सहभागिता रहने उनले बताए । उनले चिसो मौसमका कारण मनाङका खेलाडी सहरका विभिन्न स्थानमा रहेका कारण खेलाडी छनौट गर्न नसक्दा सहभागी हुन नसकेको बताए । 

अध्यक्ष पराजुलीले गण्डकी प्रदेशमा पहिलोपटक आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्देश्य प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनौट गर्ने र प्रतिभावान खेलाडी उत्पादन गर्ने उदेस्यले प्रतियोगिताको आयोजना गरिएको बताए । भलिबल खेलको माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्न समेत प्रतियोगिताको आयोजना गरिएको उनको भनाई छ ।

प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २.२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरी उपबिजेता दुबैले नगद १.१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक भलिबल संघले जनाएको छ । 

प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०.५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५।५ हजार र उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’ लाईसमेत नगद ५।५ हजार पुरस्कार प्रदान गरिने छ । साथै ट्रफी र मेडल प्रदान गरिनेछ । प्रतियोगिताको पहिलो चरणको खेलका लागि ५० रुपैयाँ, सेमिफाइनल र फाइनल खेलका लागि १ सय रुपैयाँका दरले टिकट दर तोकिएको अध्यक्ष पराजुलीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप