प्रधानमन्त्रीको अयोग्यताले सरकार पूर्णतः असफल भयोः काँग्रेस
सोमबार, ०३ फागुन २०७७, १७ : १७
काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको प्रतिक्रिया दिएको छ । वर्तमान सरकारले ३ वर्ष पुरा गरेको सन्दर्भमा नेपाली काँग्रेसले सरकारले सहयोगी प्रतिपक्षी हुँदाहुँदै पनि काम गर्न नसकेर असफल भएको प्रतिक्रिया दिएको हो ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनुकूल राजनैतिक परिस्थिति भएर पनि इतिहासको सबैभन्दा बलियो भनिएको सरकार प्रधानमन्त्रीको अयोग्यताका कारणले असफल भएको नेपाली कांग्रेसको मूल्याँकन रहेको बताए । काँग्रेसले सरकार बलियो भनिएपनि जनअपेक्षा अनुसार काम गर्न नसकेको र प्रधानमन्त्री स्वयं अयोग्य भएको प्रारम्भिक मूल्याँकन गरेको प्रवक्ता शर्माले बताए । सरकारले ३ वर्षमा ३ उपहार दम्भ, द्वन्द र भ्रष्टाचार जनतालाई दिएको प्रवक्ता शर्माको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहिलेको समयमा सरकार फेर्नु भनेको समयको बर्बादीमात्र होः पूर्वमुख्यमन्त्री जम्कट्टेल
-
सरकार र निजी क्षेत्रबिच सिधा समन्वयका लागि छुट्टै कार्यदल आवश्यक: राणा
-
वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
-
प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट
-
लागुऔषधसहित २५ जना पक्राउ
-
अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण