फाइजरको भ्याक्सिन ट्रायलमा झैं 'वास्तविक संसार'मा पनि ९४ प्रतिशतसम्म प्रभावकारी
फाइजरको भ्याक्सिन वास्तविक दुनियाँमा पनि ९४ प्रतिशतसम्म प्रभावकारी रहेको बताइएको छ । इजराइलमा आयोजित खोप अभियानबाट प्राप्त डाटाका अनुसार लक्षणसहितको संक्रमणमा यो खोप ९४ प्रतिशतसम्म प्रभावकारी रहेको पत्ता लागेको हो ।
यो खोपले क्लिनिकल ट्रायलमा झैं ठूलो जनसंख्यामा पनि निकै राम्रो काम गरिरहेको छ ।
यो खोपले सबै उमेर समूहका लागि गम्भीर संक्रमण रोक्न निकै प्रभावकारी ढङ्गले काम गर्ने बारे पुष्टि भइसकेको प्राध्यापक डाक्टर हागाई लेभिनले जानकारी दिए ।
‘हामीले मुख्य प्राथमिकतामा अत्यधिक जोखिममा रहेका समूहलाई राख्यौं,’ उनले भने ।
इजराइलको सबैभन्दा ठूलो स्वास्थ्य कोष क्लालिटले खोप लगाएका ६ लाख संक्रमित व्यक्ति र त्यति नै संख्याका खोप नलगाइएका व्यक्तिबारे अनुसन्धान गर्यो । उनीहरुको उमेर र स्वास्थ्य स्थितीबीच पनि मेल गराइयो ।
यसो गर्दा खोप लगाइएका ९४ प्रतिशत कम व्यक्तिमा संक्रमण देखियो ।
यो खोप लगाएका मानिसहरुको मेडिकल रेकर्डलाई आधार मानेर गरिएको हो ।
फाइजरको भ्याक्सिनले भ्याक्सिनले गम्भीर रोगको प्रायः सबै केस रोकेको छ ।
यो ढाँचा ७० वर्ष नाघेकासहित लगभग सबै उमेर समूहमा उस्तै देखियो । ७० वर्ष नाघेकाहरु क्लिनिकल ट्रायलमा सायद समावेश भएका थिएनन् ।
यद्यपि, यो डाटा आधिकारिक रुपमा प्रकाशित भने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण