द कपिल शर्मा शोमा सुनिल ग्रोवरको फिर्ती ? यी सुपरस्टारले गराइदिए पुनः दोस्ती
दर्शकलाई अत्यधिक हसाउने द कपिल शर्मा शो हाल बन्द छ । शोको अचानक प्रसारण बन्द हुँदा धेरैलाई खल्लो पनि महसुस भइरहेको छ ।
भारतीय सञ्चार माध्यमलाई विश्वास गर्ने हो भने द कपिल शर्मा शो नयाँ स्वाद र क्रिएटिभिटीसँगै जुलाईमा फिर्ता हुनेछ । नयाँ कार्यक्रमले दर्शकलाई अझै खुसी बनाउनेछ किनभने यहाँ कपिल शर्मा र सुनिल ग्रोवर पुनः एकपटक कमेडी गरिरहेको देखिनेछन् ।
द कपिल शर्माको नयाँ सिजनसँगै सुनिल ग्रोवर पनि कार्यक्रममा फिर्ता हुनेछन् । हुन त यसअघि पनि सुनिल कार्यक्रममा फिर्ता हुन लागेको खबर बारम्बार आइसकेको छ तर अहिलेसम्म यस्तो हुन सकेको थिएन । तर अब रिपोर्टलाई विश्वास गर्ने हो भने कपिल र सुनिलबीचको विवाद मिलाउने काम सलमान खानले गरेका छन् ।
सलमान खानले सुनिललाई मनाएः
कोइमोई डट कमको रिपोर्ट अनुसार सलमान खानले कपिल शर्मा र सुनिल ग्रोवरबीचको विवाद मिलाइदिएका छन् । उनी सुनिलसँग एक विशेष सम्बन्ध सेयर गर्छन् र शोमा सुनिलको फिर्ती होस् भन्ने चाहन्छन् । यहाँ याद गर्नुपर्ने कुरा के छ भने द कपिल शर्मा शोका निर्माता सलमान खान नै हुन् ।
सुनिल शोमा फिर्ता हुन लागेको सङ्केत हालै सोसल मिडियामा पाइएको हो । कपिल शर्माका मेकअप आर्टिस्टले सुनिल ग्रोवरसँग सोसल मिडियामा फोटो सेयर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण