बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सपना रोकामगरमाथि दुर्व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ

मङ्गलबार, ०४ फागुन २०७७, १८ : ३८
मङ्गलबार, ०४ फागुन २०७७

काठमाडौं । काठमाडौं प्रहरीले बीबीसीको प्रभावशाली महिलाहरुको सूचीमा पर्न सफल  सपना रोकामगरमाथि दुर्व्यवहार गरेको आरोपमा विनयजंग बस्नेतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

रोकामगरले आफुमाथि दुर्व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा बस्नेतालाई पक्राउ गरिएको परिसरका एसपी रमेश बस्नेतले रातोपाटीलाई जानकारी दिए ।  केही महिनाअघि बेलायती सञ्चारमाध्यामा बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वका प्रभावशाली सय महिलाहरुको सूचीमा सपना परेकी थिइन् ।

म्याग्दी जिल्लाकी सपना सडक र गल्ली किनारमा भेटिएका बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी युवती हुन् । बस्नेत पनि उनीसँगै  शवहरुको व्यवस्थापन गर्दै आएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप