कालीकोटमा सडक निर्माणमा खटिएका मजदूरको मृत्यु
बुधबार, ०५ फागुन २०७७, १५ : १०
कालीकोट । कालीकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ । सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका–३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको लाफा चौथा सडक मर्मत काम गरिरहेको बेला माथिबाट खसेको ढुङ्गामा च्यापिएर उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए । ‘‘सडक निर्माण गर्दै गर्दा एक्कासि माथिबाट खसेको ढुङ्गा लागेर ऐडीको मृत्यु भएको छ’’ उनले भने,“ऐडीको परिवारलाई राहत दिने निर्णय भएको छ ।’’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन मन्त्रालयले किन रोकिरहेको छ निजामती विधेयक ?
-
कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कांग्रेसभित्र छलफल सुरु
-
नीतिगत परिमार्जनमा सरकारले हतारो गर्दा निजी क्षेत्र साक्षी मात्रै बन्यो : अध्यक्ष श्रेष्ठ
-
धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते
-
रुपन्देहीमा माइक्रोबस दुर्घटना : सहचालकको मृत्यु, सात यात्रु घाइते
-
जापानी राजदूत माएडाले भेटे परराष्ट्रमन्त्री खनाललाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण