बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

देशमा वैदेशिक हस्तक्षेप बढ्योः नारायणकाजी श्रेष्ठ

बुधबार, ०५ फागुन २०७७, १९ : ०२
बुधबार, ०५ फागुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा फेरि वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको बताएका छन् । प्रवक्ता श्रेष्ठले देश गम्भीर संकटबाट गुज्रिँदै गएको दाबी गर्दै पुनः वैदेशिक हस्तक्षेप बढ्दै गएको बताएका हुन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले भनेका छन्ः ‘देश गम्भीर संकटबाट गुज्रँदैछ । संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भैरहेको छैन, पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ ।’ 

सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरुबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने  र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको समेत उनले स्पष्ट पारेका छन् । श्रेष्ठले भनेका छन्ः ‘विदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भनेर सुक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका छन् ।’ 

प्रवक्ता श्रेठले सम्पूर्ण देशभक्त शक्तिहरुलाई एक हुन आह्वान गर्दै प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गर्न आग्रह गरेका छन् । उनले भनेका छन्ः ‘सम्पूर्ण देशभक्त शक्तिहरु एक होऔं । प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं । राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षा गरौं ।’    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप