देशमा वैदेशिक हस्तक्षेप बढ्योः नारायणकाजी श्रेष्ठ
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा फेरि वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको बताएका छन् । प्रवक्ता श्रेष्ठले देश गम्भीर संकटबाट गुज्रिँदै गएको दाबी गर्दै पुनः वैदेशिक हस्तक्षेप बढ्दै गएको बताएका हुन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले भनेका छन्ः ‘देश गम्भीर संकटबाट गुज्रँदैछ । संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भैरहेको छैन, पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ ।’
सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरुबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको समेत उनले स्पष्ट पारेका छन् । श्रेष्ठले भनेका छन्ः ‘विदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भनेर सुक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका छन् ।’
प्रवक्ता श्रेठले सम्पूर्ण देशभक्त शक्तिहरुलाई एक हुन आह्वान गर्दै प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गर्न आग्रह गरेका छन् । उनले भनेका छन्ः ‘सम्पूर्ण देशभक्त शक्तिहरु एक होऔं । प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं । राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षा गरौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण