जब प्रियंकालाई हटाएर रातारात ऐश्वर्यालाई फिल्म दिइयो...
बलिउडमा मात्र होइन हलिउडमा समेत नाम कमाउन सफल अभिनेत्री प्रियंका चोपडाले बलिउडमा आफ्नो करियर बनाउन निकै संघर्ष गरेकी छिन् ।
उनले थुप्रै समस्याहरुको सामना गरेर बलिउडमा आफू स्थापित भएको बताउँदै आएकी छिन् । उनलाई बलिउडमा थुप्रै पटक धोका दिइएको समेत उनले खुलाएकी छिन् ।
उनलाई उमराव जान फिल्मबाट निकालिएको सन्दर्भलाई जोड्दै उनको सट्टामा अभिनेत्री ऐश्वर्या रायलाई लिइएको समेत बताइन् । सन् २००६ मा उनी बलिउडमा नयाँ थिइन् । र ठूलो फिल्मको खोजीमा थिइन् । उनलाई उमराव जान फिल्मको अफर आयो । निकै खुशीका साथ उनले उक्त अफर स्वीकार गरिन् ।
तर, रातारात फिल्मको अफर ऐश्वर्यालाई गरियो । उक्त फिल्ममा अभिषेक बच्चनको मुख्य भूमिका थियो ।
प्रियंकालाई हटाएर फिल्ममा ऐश्वर्यालाई लिइएको थाहा पाएपछि उनी निकै दुखी भइन् । तर, उनले जीवनमा कहिल्यै हार मानिनन् । उनले संघर्षलाई जारी राखिन् । र आज यो स्थानसम्म पुग्न सफल भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण