कर्णालीलाई अर्गानिक प्रदेशको रुपमा विकास गरिन्छः मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली समृद्धिको पहिलो आधार पूर्वाधार र दोश्रो कृषि भएकाले कृषि क्षेत्रलाई व्यवस्थित तरिकाले विकास गरिने बताएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विहीबार वीरेन्द्रनगरमा आयोजना गरेको प्राङ्गारिक खेती प्रवद्र्धन तथा रैथाने वाली संरक्षण दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।
शाहीले भने, ‘कृषि पेशामा लागेका युवाहरुलाई हामी सहयोग गर्न तयार छौँ । युवाहरु कृषि उत्पादनमा लाग्नुस्.....!’ कृषि तथा पशुपालन क्षेत्रमा अनुदान दिँदा दुरुपयोग भएको बताउँदै मुख्यमन्त्री शाहीले वास्तविक किसानलाई फर्म वा योजना धरौटी राखेर मात्रै ऋण दिइने बताए ।
रैथाने बाली संरक्षण, पशुपालन, अर्गानिक खेती उत्पादन गर्नका लागि सानो लगानीमा कृषि खेती गर्ने युवाका लागि उसको फर्म उनीहरुको कागजात धरौटी राखेर ऋण दिने कानून प्रदेश सभामा पेश गरिएको पनि शाहीले बताए । मुख्यमन्त्री शाहीले यही वर्षबाट युवालाई कृषि क्षेत्रमा सहुलियत ऋण दिइन लागिएको पनि जानकारी गराए । ‘जुन योजनाले कर्णालीलाई अर्गानिक बनाउनमा सहयोग हुन्छ’ उनले भने ।
यस्तै प्रदेश सरकारका प्रवक्ता समेत रहेका भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीलाई अर्गानिक प्रदेशका रुपमा विकास गरिछाड्ने दावी गरिन् । त्यसका लागि योजना ल्याइसकिएकाले पूर्ण रुपमा अर्गानिक प्रदेश निर्माण गर्ने काम सम्भव भएको पनि उनले बताइन् ।
उनले भनिन्, ‘अनुदान कार्यक्रममा व्यापक मात्रामा रकमको दुरुपयोग भयो । अब त्यस्ता खालका कार्यक्रम रोकेर पुर्णरुपमा रोक्छौँ ।’ लक्षित वर्ग समक्ष पुग्ने खालको कार्यक्रमलाई अझ विस्तार गरी अर्गानिक कृषि वस्तु उत्पादनका क्षेत्रमा बढवा दिइने केसीले बताइन् । नेपालको इतिहासमा कसैले नगरेको काम हामीले गरेका छौँ । कर्णालीको कृषि मन्त्रालयले गरेको छ । त्यो हो साना किसानहरुका लागि ब्याज अनुदान कार्यक्रम’ मन्त्री केसीले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण