बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन बोर्डका सिईओ रेग्मीको प्रश्नः ‘अब भजन कृतन गाउने कि पर्यटक डाक्ने ?’

बिहीबार, ०६ फागुन २०७७, १८ : ५८
बिहीबार, ०६ फागुन २०७७

काठमाडौं । नेपाल पर्यटन बोर्डका सिईओ धनन्जय रेग्मीले सरकार प्रति तिव्र आक्रोश व्यक्त गरेका छन् । कोभिड–१९ का कारण थङ्थिलो भएको मुलुकको समग्र पर्यटन क्षेत्र उत्थानमा सरकार अनुदार भएको भन्दै रेग्मीले तिब्र आक्रोश पोखेका हुन् ।  कोभिड–१९ पछि अहिलेको अवस्थामा प्रायः सबैजसो व्यवसायिक तथा यातायात क्षेत्र खुलिसकेको छ । विश्व बजारमा पर्यटन गतिविधि समेत क्रमिक रुपमा बढिरहेको छ । तर यस्तो अवस्थामा पनि नेपालमा भने अझैं स्वास्थ्य प्रोटोकलको नाममा सरकारले अनावश्यक मापदण्डहरु तेर्साएर पर्यटन आगमनमा अवरोध गरिरहेको भन्दै रेग्मीले असन्तुष्टि व्यक्त गरेका हुन् । 

‘राजनीतिक हो हल्ला, नारा जुलुस तथा आमसभा गर्न चाहीँ कोरोनाले नछेक्ने तर तेरो देशमा आउँछु, पैसा तिर्छु, खर्च गर्छु भन्नेलाई चाहीँ छेक्ने ?’  सिइओ रेग्मीले भने, ‘विदेशी पर्यटक आगमनमा लगाइएको अनावश्यक ७ दिन, १४ दिनको क्वारेन्टिनको मापदण्ड अविलम्ब खारेज गरियोस्’ रेग्मीले सरकारसँग माग गरे ।

त्यतिमात्र नभएर सिइओ रेग्मीले पर्यटन क्षेत्रको गतिशिलताका लागि स्थलमार्ग (यातायात) हुँदै आउने भारत तर्फको सीमा नाका समेत खोल्न सरकारसँग आग्रह गरेका छन् ।  यता, कोभिडपछि पूर्ण रुपमा पर्यटन क्षेत्र खुल्ला गरिएको भनिएपनि पर्यटन व्यवसायकै महत्वपूर्ण क्षेत्र मनोरञ्जनात्मक, रात्रीकालिन सेवाको क्षेत्रमा अझैं सरकारले धरपक जारी राखेको भन्दै तिब्र विरोध गरेका छन् ।

‘पर्यटन व्यवसाय धर्मकर्म गर्ने क्षेत्र होइन । जहाँ साँझ विहान भजन कृतन मात्र होस् । यो त मनोरञ्जनको क्षेत्र हो । फेरि यसैको नाममा रोक्ने ? कि त नेपाल मन्दिरनै मन्दिरको देश हो यहाँ भजन कृतन मात्र गर्न पाइन्छ भन्न प¥यो, नत्र भने पर्यटकहरुले मनोरञ्जनत गर्न पाउनु प¥यो नी’ रेग्मीले प्रतिप्रश्न गरे, ‘अब भजन कृतन गाउने कि पर्यटक डाक्ने ?’

बिहीबार रेग्मीले बोर्डमा एक कार्यक्रमको आयोजना गर्दै बोर्डमा आफ्नो एक वर्षे कार्यकालको समिक्षा गरेका छन् । गत वर्षको जनवरीमा बोर्डको कार्यकारी प्रमुख (सिइओ) को कार्यभार सम्हालेका रेग्मीले आफुले कार्यभार सम्हाल्दा नसम्हाल्दै विश्वमा कोभिड–१९ को महामारी फैलिएको र सो समयमा समेत उल्लेखनीय काम गरेको कार्यपत्र प्रस्तुत गरेका छन् । 

कोभिड–१९ कै बाबजुद पनि पर्यटन क्षेत्रको सुधार एवम् प्रचारात्मक कार्य जारी राखेको बताउँदै सिइओ रेग्मीले यसले थप भयावहको अवस्था आउन नपाएको बताए । ‘हामीले कोभिड–१९ को चरम उत्कर्षको समयमा पनि कामलाई रोकेनौं । चैत ११ गतेदेखि मुलुक पूर्णरुपमा लकडाउनमा गएलगत्तै हामीले नेपालमा रहेका विदेशीहरुको खोजी गर्यौं । विभिन्न ३३ जिल्लामा रहेका ६० देशका १ हजार ७ सय २१ जना विदेशी नागरिकहरुलाई सकुशल उद्धार गरि सम्बन्धित देशहरुमा नै पठायौं । त्यसपछि मुलुकभित्रको समस्या समाधानतर्फ हामी केन्द्रित भयौं ।’ 

सिइओ रेग्मीले भने, ‘कोभिडकै बीच पर्यटन बोर्डको समन्वयनमा नेपाल भ्रमण वर्ष २०२० सचिवालय, विभिन्न संघ–संस्था र निजी क्षेत्रको समेत सहभागितामा वैकल्पिक पर्यटन बजारको खोजीमा विभिन्न संगठनात्मक रुपमा १२ वटा टास्क फोर्स गठन गरि काम गरियो । जसमा भारतसहित दक्षिण एसियाली मुलुकहरु, बुद्धिस्ट देशहरु, मध्यपूर्वका देशहरु, युरोप र रसिया, अष्ट्रेलिया र न्युजिल्याण्ड, अफ्रिका, नर्थ अमेरिका, साउथ अमेरिका चीन, नर्र्थ इस्ट एसिया लगायत विश्वका विभिन्न १२ वटा पर्यटन स्रोत बजारहरूको अध्ययन गरेका छौं । यसले अहिले काम गर्न सहज बनाएको छ’ रेगमीले भने । 

त्यस्तै, सो समयमा बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धधात्मक क्रियाकलाप गर्दै, सम्भावित पर्यटन क्षेत्रको विकास, विस्तार एवम् खोजीमा लागेको बताउँदै सिइओ रेग्मीले कोभिडका बीच रोजगारी गुमेका पर्यटन मजदुरहरुलाई छोटो समयको रोजगारीको समेत बोर्डले व्यवस्था गरेको जानकारी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप