अतिवादी चरित्र भएका कम्युनिष्टबाट प्रजातन्त्रमाथि खतरा: नेता महर
डडेल्धुरा । नेपाली काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले अतिवादी चरित्र भएका कम्युनिष्टका कारण मुलुकको प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा डडेल्धुरामा भएको कार्यक्रममा नेता महरले अतिवादी चरित्र भएका, सत्तालिप्सावादी यहाँका कम्युनिष्टका कारण नेपाली जनताको बलिदान र ठूलो संघर्षबाट प्राप्त प्रजातन्त्रमाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको बताएका हुन् ।
विकसित हुँदै गरेको पछिल्लो राजनीतिक घटनाक्रमपछि सरकारले पूर्वभीआईपी र भीभीआईपीहरूको पूर्वाग्रही तरिकाले सुरक्षाकर्मीहरु कटौती गरिएको भन्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पूर्व जनमुक्ति सेनाले सुरक्षा दिन थालेको बिषयलाई सामान्य रुपले लिन नहुने नेता महरको टिप्पणी छ ।
७० वर्ष अघि २००७ को क्रान्ति २६ देखि प्रारम्भ ऐतिहासिक जन क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको उनको धारणा छ ।
फागुन ७ गते नेपाली काँग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनले राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको नेता महरको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण