मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्रभु बैंकद्वारा भानुभक्त माबि सिन्धुलीलाई कम्प्युटर सहयोग

शुक्रबार, ०७ फागुन २०७७, १४ : ०६
शुक्रबार, ०७ फागुन २०७७

काठमाडौं । प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने अभिप्रायले १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ । 

सिन्धुली स्थित भानुभक्त माध्यमिक विद्यालय तिनकुनामा आयोजित एक समारोहमा प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरलले विद्यालयलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरे ।

त्यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिका, विद्यार्थी लगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।  

प्रभु बैंकद्वारा हस्तान्तरित कम्प्युटर तथा प्रिन्टरको माध्यमबाट विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएको बैंकले आगामी दिनहरुमा आप्mनो सामाजिक क्रियाकलापलाई निरन्तरता दिने जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप