कविता : जुलुस
-राकेश कार्की
बाढी न हो यो जुलुस पनि
उर्ले पछि
कता कता भत्काउँछ
के के बगाउँछ
विरोधका चिच्याहट
यति धेरै उर्लन्छन्
शान्त वातावरण धमिलिएर
नकारात्मक उर्जाको मुस्लोले
स्वच्छ निलो आकाशलाई छेकिदिन्छ
मैलो मैलो पारेर
तातेका थुप्रै थुप्रै दिमाग
तातेर उम्लेका रगत
जलिरहन्छन् आफै भित्र
ओकलेका आगोको लप्कामा
जोगाउनै मुश्किल पर्छ
परापूर्वकालदेखिका संरचनाहरु
जताततै जलिरहन्छन् टायर
कालो धुवाँको दुर्गन्ध
क्रोधले उत्तेजित त्यो भिँड
यति डरलाग्दो हुन्छ
केटाकेटी बुढाबुढीको त सातै जान्छ
पसलेहरू सटर बन्द गर्छन्
रोजगारी गर्नेहरूको हातमुख रित्तै
कति मोटरगाडीका सिसा झ्वाम्
बिचरा खातेहरू किच्चिने जोखिम
तर पनि
पुरै सडक ढाकेर बढिरहन्छ विशाल जुलुस
परवाहै नगरि
जबसम्म सबैमा स्वच्छ चेतना हुदैन
लोभ लालचले अन्धो बनाइराख्छ
घुस भ्रष्टाचार मौलाइरहन्छ
अत्याचार शोषण दमन बढ्छ
राजनीतिले सबैतिर पेल्न थाल्छ
कुर्सीको लडाईँको लागि
सानो सानो स्वार्थको लागि
आफ्नै प्यारो मीत्रहरूसंग
तँ तँ र म म हुनथाल्छ
तबसम्म चलिरहन्छ यस्तै
कहिले कसको ‘
कहिले कसको
हिमाल पहाड र तराई हल्लाउने
भयावह जुलुस
जुलुस गर्ने र जुलुस रोक्ने बिच
चलिरहन्छ संग्राम
एउटै देश एउटै रगत
एउटै राष्ट्रका दाजुभाइ दिदीबैनी
भिड्न परेपछि
बिनसित्तीमा
कसैको रगत बग्न सक्छ
कोही शहीद बन्न सक्छ
यो कति नरमाईलो
आफ्नैको आफ्नैलाई दु:ख लाग्ने कुरा
सबैको असल बिचार भएदेखि
सबैले असल काम गरेदेखि
किन चाहिन्थ्यो र ?
आफू आफू बिच जुधाउने
एउटै देशवासी बिच फुट ल्याउने
भीड र हल्लाको जुलुस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण