सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट १ लाख २० हजार बढीको मृत्यु

शनिबार, ०८ फागुन २०७७, २३ : २३
शनिबार, ०८ फागुन २०७७

लन्डन ।  पछिल्लो २४ घन्टामा बेलायतमा ४४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । केहिदिनयता मृतक संख्यामा निरन्तर कमी आउँदै गएको छ । शनिबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कुल मृतक संख्या एक लाख २० हजार ३६५ पुगेको छ ।

यसैगरी बितेको २४ घन्टामा १० हजार ४०६ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ सिसाल केयर’ को तथ्याँकमा उल्लेख छ  । थपिएसँगै  नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ५ हजार ६७५ पुगेको छ । विगत केहि दिनयता संक्रमण दरमा केहि कमी आएको ताथ्यांकले देखाएको छ ।

हाल जारी लकडाउन र कोरोना विरुद्धको खोप वितरण कार्यलाई तीव्रता दिएसँगै पछिल्लो समयमा कोरोना संक्रमण र मृत्यु दरमा कम आएको अधिकारीहरुले बताएका छन् । बेलायतको अस्पतालमा बढेको अत्यधिक चाप पनि अहिले निकै कम भएको छ । अघिल्लो महिना अस्पतालमा उपचार गराउनेको संख्या ४० हजार नाघेकोमा अहिलो यो संख्या घटेर १८ हजार ४६२ पुगेको छ ।यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि करिब एक तिहाइ घटेर दुई हजार ४६९ मा झरेको छ ।

एक करोड ७२ लाख बढीले लगाए खोप

बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ७२ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । गतवर्ष डिसेम्बर १२ तारिखबाट शुरु गरिएको खोप अभियानलाई मध्य फेब्रुअरीसम्म १.५ मिलियनलाई खोपको पहिलो डोज दिइसक्ने सरकारको लक्ष्य पूरा भएको छ ।बिहीबार सार्वजनिक तथ्याँकअनुसार हालसम्म एक करोड ७२ लाख ४७ हजार ४४२ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । यसैगरी छ लाख ४ हजार ८८५ जनाले खोपको दोस्रो डोज समेत लिइसकेका छन् ।

हाल बेलायतमा ६५ देखि ६९ वर्षबीचकालाई खोप वितरण गरिंदैछ । हालसम्म ७० वर्षमाथिका चौथो ग्रुपका मानिसहरुलाई खोप वितरण गरिएको र अझै पनि शीर्ष समूह अन्तर्गतका स्वास्थ्यको कारणले जोखिममा परेका, केयर होम रेसिडेन्ट, अग्रपंक्तिमा काम गर्ने हेल्थकेयर वर्कर्सहरु लगायतलाई प्राथामिकतामा नै राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप