बेलायतमा कोरोनाबाट १ लाख २० हजार बढीको मृत्यु
लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा ४४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । केहिदिनयता मृतक संख्यामा निरन्तर कमी आउँदै गएको छ । शनिबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कुल मृतक संख्या एक लाख २० हजार ३६५ पुगेको छ ।
यसैगरी बितेको २४ घन्टामा १० हजार ४०६ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ सिसाल केयर’ को तथ्याँकमा उल्लेख छ । थपिएसँगै नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ५ हजार ६७५ पुगेको छ । विगत केहि दिनयता संक्रमण दरमा केहि कमी आएको ताथ्यांकले देखाएको छ ।
हाल जारी लकडाउन र कोरोना विरुद्धको खोप वितरण कार्यलाई तीव्रता दिएसँगै पछिल्लो समयमा कोरोना संक्रमण र मृत्यु दरमा कम आएको अधिकारीहरुले बताएका छन् । बेलायतको अस्पतालमा बढेको अत्यधिक चाप पनि अहिले निकै कम भएको छ । अघिल्लो महिना अस्पतालमा उपचार गराउनेको संख्या ४० हजार नाघेकोमा अहिलो यो संख्या घटेर १८ हजार ४६२ पुगेको छ ।यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि करिब एक तिहाइ घटेर दुई हजार ४६९ मा झरेको छ ।
एक करोड ७२ लाख बढीले लगाए खोप
बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ७२ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । गतवर्ष डिसेम्बर १२ तारिखबाट शुरु गरिएको खोप अभियानलाई मध्य फेब्रुअरीसम्म १.५ मिलियनलाई खोपको पहिलो डोज दिइसक्ने सरकारको लक्ष्य पूरा भएको छ ।बिहीबार सार्वजनिक तथ्याँकअनुसार हालसम्म एक करोड ७२ लाख ४७ हजार ४४२ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । यसैगरी छ लाख ४ हजार ८८५ जनाले खोपको दोस्रो डोज समेत लिइसकेका छन् ।
हाल बेलायतमा ६५ देखि ६९ वर्षबीचकालाई खोप वितरण गरिंदैछ । हालसम्म ७० वर्षमाथिका चौथो ग्रुपका मानिसहरुलाई खोप वितरण गरिएको र अझै पनि शीर्ष समूह अन्तर्गतका स्वास्थ्यको कारणले जोखिममा परेका, केयर होम रेसिडेन्ट, अग्रपंक्तिमा काम गर्ने हेल्थकेयर वर्कर्सहरु लगायतलाई प्राथामिकतामा नै राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण