बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सांगठानिक संरचना मिलाउन प्रचण्ड–माधव पक्षबीच ५० प्रतिशतको रेसियोमा भागबण्डा

आइतबार, ०९ फागुन २०७७, १७ : २२
आइतबार, ०९ फागुन २०७७

काठमाडौं । ओली पक्ष बहिर्गमनमा परेपछि नेकपा प्रचण्ड–माधव पक्षले ९ बुँदे मापदण्डका आधारमा संगठनात्मक संरचनालाई पूर्णता दिने भएको छ । प्रचण्ड–माधव पक्षका शीर्ष नेतावीच भएको सहमतिमा प्रचण्ड र माधव नेपालबीच ‘पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’ मा हालै हस्ताक्षर गरेका छन् ।

जसमा नेकपाका विभिन्न कमिटीहरुमा अब दुबै पक्षको ५०–५० प्रतिशत भागबण्डाका आधारमा नियुक्ति गरिनेछ ।  प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षबाट पूर्ति गर्ने र त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने मापदण्डमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप