इन्जिन जलेपनि उडिरह्यो विमान, सबै यात्रु सकुशल
एजेन्सी । अमेरिकामा आइतबार विमान दुर्घटना टरेको छ । डेन्वरबाट होनोलुुलु गइरहेको बोइङ ७७७ को इन्जिनमा उडान सुरु भएको केही क्षणमै आगो लाग्यो । त्यतिबेला यो विमान १५ हजार फिटको उचाईमा थियो । यद्यपि, पाइलटको सुुझवुझका कारण दुुर्घटना टर्यो ।
आगो लाग्नासाथ पाइलटले तत्कालै कन्ट्रोल स्टेशनमा म्यासेज गरे । अनि, डेनवरमै विमान फिर्ता गरेर सुरक्षित ल्यान्डिङ गराए । यस विमानमा २ सय ३१ जना यात्रु तथा १० जना क्रु सदस्य सवार थिए । घटनाको छानविनका लागि नेशबनल ट्रान्सपोर्ट सेक्युरिटी बोर्डले टोली गठन गरेको छ ।
आगलागीपछि ठूलो इलाकामा यस विमानका टुुक्राहरु खसेका छन् । त्यस्ता, टुक्राहरु नछुुन प्रहरीले स्थानीयसँग आग्रह गरेको छ । विमानमा आगलागि भइरहेका बेला यस यात्रुले यसको जल्दै गरेको इन्जिनको भिडियो बनाएका थिए र अहिले सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेको छ । धेरैले पाइलटको तारिफ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण