मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

इन्जिन जलेपनि उडिरह्यो विमान, सबै यात्रु सकुशल

आइतबार, ०९ फागुन २०७७, १८ : ३५
आइतबार, ०९ फागुन २०७७

एजेन्सी । अमेरिकामा आइतबार विमान दुर्घटना टरेको छ । डेन्वरबाट होनोलुुलु गइरहेको बोइङ ७७७ को इन्जिनमा उडान सुरु भएको केही क्षणमै आगो लाग्यो । त्यतिबेला यो विमान १५ हजार फिटको उचाईमा थियो । यद्यपि, पाइलटको सुुझवुझका कारण दुुर्घटना टर्यो ।

आगो लाग्नासाथ पाइलटले तत्कालै कन्ट्रोल स्टेशनमा म्यासेज गरे । अनि, डेनवरमै विमान फिर्ता गरेर सुरक्षित ल्यान्डिङ गराए । यस विमानमा २ सय ३१ जना यात्रु तथा १० जना क्रु सदस्य सवार थिए ।  घटनाको छानविनका लागि नेशबनल ट्रान्सपोर्ट सेक्युरिटी बोर्डले टोली गठन गरेको छ ।

आगलागीपछि ठूलो इलाकामा यस विमानका टुुक्राहरु खसेका छन् । त्यस्ता, टुक्राहरु नछुुन प्रहरीले स्थानीयसँग आग्रह गरेको छ ।  विमानमा आगलागि भइरहेका बेला यस यात्रुले यसको जल्दै गरेको इन्जिनको भिडियो बनाएका थिए र अहिले सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेको छ । धेरैले पाइलटको तारिफ गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप